धनकुटामा विबाह मण्डपबाटै बेहुला-बेहुली पक्राउ
धनकुटा । बाल बिबाह गरेको अभियोगमा धनकुटा नगरपालिका ४ देब्रेवास बाट मण्डपमा बिबाह गरि रहेको अवस्था मै एक जोडि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बेहुला १९ बर्षिय नरेश मङराती, बेहुलाका बाबू कृष्ण मङराती र बेहुली १५ बर्षिया सफला खड्का रहेका छन् ।
केही समय अघि भागि बिबाह गरेको जनाइएको छ । प्रहरीले भने अनुसन्धान पछि मंगलबार देखि आवश्यक कानुनी प्रकृया अगाडि बढाउने जनाएको छ ।


