धनकुटा नगरपालिका वडा नम्बर ६ ले दियो कैदीलाई पंखा
धनकुटा,३० जेठ । अत्याधिक गर्मी बढे पछि धनकुटा नगरपालिका वडा नम्बर ६ ले धनकुटा कारागारमा रहेका कैदिबन्दीलाई पंखा वितरण गरेको छ ।
पहाडी जिल्ला धनकुटामा समेत अत्याधिक गर्मी बढेको र त्यसबाट राहत पाउँनका लागि कारागारमा रहेका कैदीलाई वडाको तर्फ बाट ३ वटा पंखा जिल्ला कारागार धनकुटाका अधिकृत शिव श्रेष्ठको उपस्थितीमा कैदिबन्दी लाई हस्तान्तरण गरिएको धनकुटा नगरपालिका ६ का वडा अध्यक्ष मिलन खड्गीले जानकारी दिनु भयो ।
पंखा हस्तान्तरण कार्यक्रमा कार्यपालिका सदस्य रेजिना हिमाङ्ग लगायतको उपस्थिती रहेको जनाईएको छ ।




