राजारानीमा ‘पत्रकारिता तथा मल्टिमिडिया सम्वन्धि’५ दिने तालिम
धनकुटा । युवा पुस्तालाई बद्लिदो सूचना प्रविधिको युगमा अभ्यस्त गराउने उदेश्यले आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा धनकुटाको आयोजनामा ‘पत्रकारिता तथा मल्टिमिडिया सम्वन्धि’ ५ दिने तालिम धनकुाटको राजारानीमा सञ्चालन भईरहेको छ ।
चौविसे गाउँपालिका कार्यालयको आर्थिक सहयोगमा तालिम सञ्चालन भईरहेको हो । तालिममा चौविसे गाउँपालिका भित्रको ८ वटा वडाबाट १६ जना प्रशिक्षार्थिहरुको सहभागिता छ । अघिल्लो वर्ष ‘पत्रकारिता तथा मल्टिमिडिया’ सम्वन्धि तालिममा सहभागी भएका प्रशिक्षार्थिहरुलाई यो वर्ष पुनः ताजकी तालिम दिइएको फोनिज धनकुटा शाखाकी अध्यक्ष विनु चेम्जोङले बताउनु भयो ।
तालिमको सहजीकरण नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भिषण राई र आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्वर प्रदेश समितिका अध्यक्ष सन्तवीर लामाले गरिरहेका छन् । तालिमको उद्धघाटन चौविसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङले गर्नु भएको थियो । तालिम उद्धघाटन समारोहमा पालिका उपाध्यक्ष टंकमाया पाङ्गमी मगर, प्रमुख प्रशासकिय अधिकृत परशुराम दाहाल, लेखा अधिकृत सोवित तुम्बा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


