धनकुटा १ हिले तोङबा चोक नजिकै भेटियो एक थान मंगलसूत्र
धनकुटा । धनकुटा १ हिलेमा तोङबा चोक नजिक एक थान मंगलसूत्र भेटिएको छ ।
धनकुटा एक हिले निवासी गिता तामाङले भेट्टाउनु भएको कालो पोते सँग धागोमा उनेको सुनको धातु जस्तो देखिने मंगलसूत्र आज प्रहरीको जिम्मा लगाईएको छ ।
मङगलसूत्र फेला पार्नुभएकी गिताले हिले प्रहरी चौकीको जिम्मा लगाउनु भएको हो । प्रहरीका अनुसार आज दिउँसो उहाँले प्रहरी चौकीमा गई भेटिएको सामान बुझाउनु भएको हो । सो सामान कस्को हो भन्ने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ ।
भेटिएको सामान प्रमाण सहित आफ्नो भनि सम्बन्धित व्यक्ती आए जिम्मा लगाउने प्रहरीले जनाएको छ ।


