धनकुटा जिल्लाका ३ सय ५६ उद्योगी व्यवसायीको नाप तौलको जांच दर्ता तथा नविकरण

धनकुटा । धनकुटा जिल्लाका ३ सय ५६ उद्योगी व्यवसायीले नाप तौलको जाच, दर्ता तथा नविकरण गरेका छन् ।

उद्योगी व्यापारिहरुलाई घर-घरमै पुगेर सेवा दिने लक्षका साथ गुणस्तर तथा नाप तौल कार्यालय विराटनगसँगको समन्वयमा धनकुटा उद्योग बाणिज्य संघले सञ्चालन गरेको अभियानको क्रममा धनकुटा,हिले,सिधुवा र पाख्रीवास बजारका उल्लेखित संख्याका उद्योगी व्यापारीले नाप तौलको जाच , दर्ता तथा नविकरण गरेको उद्योग वाणिज्यसंघ धनकुटाले जनाएको छ ।

यो अभियानका लागि गुणस्तर तथा नाप तौल कार्यालय विराटनगबाट प्रमुख मनिषा राई सहितको टोलि र धनकुटा उद्योग वाणिज्य संघका पदाधिकारीले सहजिकरण गरेका थिए । जिल्लाको ती बजारहरुमा नाप तौल जाच, दर्ता तथा नविकरण गरिएपछि मंगलवार गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरबाट खटिएका टोलिलाई विदाई गरिएको छ ।

टोलीलाई धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ,कार्यकारी सदस्य अम्विका धमला,कार्यालय सचिव मातृका राई लगायतले खादा तथा माला लगाएर मायाको चिनो प्रदान गर्दै विदाई गरेका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।