४५ दिने ढाका बुनाई सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
धनकुटा,३१ जेठ । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नम्बर ५ मा संचालित ४५ दिने ढाका बुनाई सम्बन्धी पुनर्ताजगी तालिम समापन गरिएको छ । एक कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथी छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाले तालिम समापन गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाले तालिमा सिकेका कुरा लाई व्यावहारमा उतारे मात्र तालिमको प्रभावकारी हुने बताउँदै तालिमका सहभागी लाई आर्थिक उपार्जन तर्फ लाग्न सुझाव समेत दिनु भयो ।
गरिबी निबारणका लागि उद्यम विकास संचालन गरिएको कार्यक्रमा कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष छत्र बहादुर सुब्बा त्यस्तै प्रमुख प्रशासकिय अधिकृत जितमान जिमी, लेखा अधिकृत चुडा बोहोरा लगायतले सहभागिहरु लाई प्रमाण पत्र वितरण गर्नु भएको थियो । कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, समाजसेवि बुद्धिजिवी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको अध्यक्षता छथर जोरपाटी गाउँपालिका ५ का वडा अध्यक्ष डिक बहादुर लिम्बुको अध्यक्षतामा भएको थियो ।


