धनकुटामा अवैध सामान सहित २ जना पक्राउ
धनकुटा,३२ जेठ । धनकुटामा अवैध सामान सहित २ जना पक्राउ परेका छन् ।
धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटार चौक स्थित कोशी लोक मार्गमा ईप्रका भेडाटार धनकुटा बाट खटिएको चेकीङ्ग टोलिले चेकजाँच गर्ने क्रममा धनकुटा बाट धरान तर्फ जादै गरेको बा.प्र-०२-०३१ प २७२० नम्बरको मोटरसाइकल रोकी चेक जाँच गर्दा उनीहरु पक्राउ परेका हुन् ।
उक्त मोटरसाइकल चालक जिल्ला सिन्धुली दुधौली नपा ५ बस्ने वर्ष ३६ को खिल बहादुर सुनुवारले पछाडी बोकेको झोलामा बिल भरपाई बिनाको सिमला-१७० पिस (३६९ ग्राम),पुवालो-२३ पिस(६५ ग्राम),खुकुरी थान-१,र डिजिटल नापतौल गर्ने तराजु थान १ रहेको र ऐ. मोसामा पछाडी सवार ऐ.१० बस्ने वर्ष २२ को किरण सुनुवार समेतलाई नियन्त्रणमा लिइएको छ ।
प्रारम्भिक अनुसन्धान पश्चात उक्त समान मोसा र निजहरु दुबै जनालाई आवश्यक कार्वाहिको लागी क्षेत्रिय राजश्व अनुसन्धान कार्यालय ईटहरी,सुनसरीमा बुझाईएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको ।



