पाख्रिबास ८ मा समवेदना पत्रको सट्टा वृक्ष रोपण
धनकुटा । हाम्रो समाजमा कोही छरछिमेकी आफ्नो आफन्तजनको निधन हुँदा औपचारिक रुपमा सहानुभुती प्रकट गर्न प्रायजसो परिवारजनलाई समवेदनापत्र बुझाउने गरेको पाईन्छ । विभिन्नसंघ संस्था,संगठनहरुमा सम्वद्ध व्यक्ती तथा परिवारको हकमा धेरैजसो यस्तो चलन बढी देखिन्छ । अझ कतिपय स्थानमा त हामी आफैपनि त्यस्तो कार्यमा सरिक भईरहेका हुन्छौं । समवेदनापत्र बुझाउनुको अर्थ विशेषतस् दुस्ख को घडीमा सहानुभुती प्रकट गर्नु र दुस्ख को वेला हामी पनि सथमा छौ भन्ने अनुभुती दिलाउनुनै हो भन्दा फरक नपर्ला ।
तर पछिल्लो समय धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ८ मा भने समवेदना पुर्याउने चलनलाई परिमार्जन गरिएको छ । त्यस वडामा कसैको दुखद निधन भईहाले समवेदना पत्र लानको सट्टा वृक्ष रोपण गर्न थालिएको छ । निधन भएका व्यक्तीको पुण्य तीथिको अवसरपारि सो व्यक्तीको सम्झनामा हावापानी र माटो सुहाउँदो फलफुलको वृक्ष रोपण गर्न थालिएको वडाध्यक्ष गणेश राईको भनाई छ ।
वडाको निर्णय अनुसार नै यो कामको थालनी गरिएको उहाँले बताउनुभयो । वडाका अनुसार हाल एबोकाडोको विरुवा रोपिदैछ भने आगामी दिनमा भने लिच्ची,आपा,कागती लगायत फलपफुलका विरुवा रोप्ने योजना छ । समवेदनापत्र बुझाउनु भन्दा वृक्ष रोपण गर्नु वढी उपयुक्त ठानेर वडाले यस्तो गर्न थालेको हो । यसरी गर्दा उत्पादनमुखी र वातावरणमैत्री हुने वडाले जनाएको छ ।
त्यसरी वृक्ष रोपण गर्दा सम्बन्धित परिवारले स्नेहका साथ गोडमेल, रेखदेख गर्ने, वडामा फलफुलको उत्पादन पनि बढ्ने,प्रकृतीपनि हरियाली हुने र वातावरण स्वच्छ राख्नपनि सहयोग पुग्ने वडाको अपेक्षा छ । यसरी वृक्ष रोपणका लागि अहिलेलाई फर्मभएका व्यक्तीबाटै विरुवाहरु उपलव्ध भईरहेको र पछिभने वडाबाट व्यवस्था गरिने लक्ष छ । यो कार्यप्रति अहिले सकरात्मक प्रतिक्रिया आईरहेको पनि वडाध्यक्ष राईले बताउनुभयो ।


