धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकालाई आप्रवासी स्रोत केन्द्र हस्तान्तरण

धनकुटा, १ असार । धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकालाई आप्रवासी स्रोेत केन्द्र तथा सूचना कक्ष हस्तान्तरण गरिएको छ । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले कार्यक्रम गरेर धनकुटा नगरपालिकालाई आप्रवासी स्रोत केन्द्र र चौबिसे गाउँपालिकालाई आप्रवासी सूचना कक्ष हस्तान्तरण गरेको हो ।

सुरक्षित वैदेशिक रोजगार र स्थानीय तहमा प्रभावकारी तथा दिगो आप्रवासन सेवाका लागि समृद्धि आयोजनाले केही बर्षयता जिल्ला प्रशासन कार्यालय धनकुटा र इलाका प्रशासन कार्यालय राजारानीमा यो केन्द्र तथा सूचना कक्ष सञ्चालन गरिरहेको छ । सम्बन्धित पालिकासँगको साझेदारीमा सञ्चालन भइरहेको यो केन्द्र तथा सूचना कक्ष अब समृद्धिले छोडेर पालिकाकै पूर्ण स्वामित्वमा सञ्चालन गर्ने गरी हस्तान्तरण गरिएको हो । कार्यक्रममा समृद्धि आयोजनाका प्रमुख सरोज प्रसाद गुरागाईँले धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र चौबिसे गाउँपालिकाका उपाध्यक्ष टंकमाया पाङ्गमी मगरलाई आप्रवासी स्रोत केन्द्र तथा सूचना कक्ष हस्तान्तरण पत्र र हस्तान्तरण विवरण पुस्तिका प्रदान गरे ।

कार्यक्रममा केन्द्र तथा सूचना कक्षका लागि आवश्यक प्रोजेक्टरसहितका सामग्री पनि धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदी र चौबिसे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम दाहाललाई हस्तान्तरण गरियो । उत्कृष्ट कार्यसम्पादन गरेबापत आप्रवासी स्रोत केन्द्र धनकुटाका सूचना अधिकृत मञ्जु राई, परामर्शकर्ता ओमकुमारी ढुंगाना ‘सुशिला’ र आप्रवासी सूचना कक्ष राजारानीका सूचना सहायक सुरेन्द्र लिम्बुलाई कार्यक्रममा प्रशंसा पत्र प्रदान गरी सम्मानित गरिएको छ ।

कार्यक्रममा धनकुटाका नगर प्रमुख तामाङले वैदेशिक रोजगारीका लागि ठूलो सङ्ख्यामा युवाहरू विदेश जाने गरेकाले उनीहरूलाई समस्यारहित रोजगारीको वातावरण निर्माण गर्न आप्रवासी स्रोत केन्द्रले भूमिका निर्वाह गर्ने बताए । युवायुवतीलाई भरसक स्वदेशमै रोजगारीको व्यवस्था गर्ने तथा स्वरोजगार बन्न प्रोत्साहन गर्ने काम भइरहेको भन्दै नगर प्रमुख तामाङले विदेश नै जान चाहनेलाई पनि सहयोग पुर्याउन आप्रवासी केन्द्रलाई नगरपालिका मातहत ल्याइएको धारणा राखे ।

धनकुटामा २०७५ पुस २२ गतेदेखि यो केन्द्र सुरु गरिएको हो । यो केन्द्रबाट रोजगारीको खोजीमा रहेका युवाहरूलाई स्वदेशी रोजगारी तथा स्वरोजगारसम्बन्धी सूचना तथा जानकारी दिने र विदेश नै जान चाहनेलाई सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सूचना दिने गरिएको छ ।

त्यस्तै, विदेशमा समस्या परेमा उद्धार गर्ने र विदेशमा मृत्यु तथा अङ्गभङ्ग भएका व्यक्ति वा आफन्तलाई राहत प्रदान गर्न सहजिकरण गर्ने, वैदेशिक रोजगारीका क्रममा ठगिएकाहरुलाई क्षतिपूर्ति तथा न्याय प्रदान गर्न पनि सहजिकरण गर्ने गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।