बर्षा संगै बाढीको जोखिम बढेपछि धनकुटामा सचेत हुन स्थानिय पालिकाको आग्रह

धनकुटा,असार ३ । बर्षा संगै बाढीको जोखिम बढेपछि धनकुटामा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

धनकुटाको महालक्ष्मी नगरपालिकाले सुचना निकाल्दै अझै केहि दिन भारी बर्षा हुन सक्ने भएकाले अरुण नदी तथा आसपासका खोला किनारामा जोखिम पुर्ण क्षेत्र बसोबास गर्ने तथा नदी किनारमा बसि जिबिकोपार्जन गर्ने ब्यक्तिलाई केहि दिन त्यस्तो स्थानमा नबस्न आग्रह गरेको छ ।

अरुण नदीमा बाढी आउन सक्ने भएकाले नदी किनारका बासिन्दालाई सचेत गराईएको महालक्ष्मी नगरपालिकाका मेयर ध्रुब राज रायले बताउनु भयो । महालक्ष्मी नगरपालिकाको तल्लो भागलाई अरुण नदीले छुन्छ ।

धनकुटाको सागुरीगढी गाँउपालिकाले पनि आफ्नो क्षेत्रका नदी कीनारका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ । नदीमा जनुसुकै बेला पानीको सतह बढ्न सक्ने भएकाले माछा मार्ने लगायतको कार्य नगर्न नगरी सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरिएको पालिका अध्यक्ष जितेन्द्र राईले जानकारी दिनभयो ।

बिहान आएको बाढी केहि घटेपछि आज दिउसो तमोर नदी किनारमा माछा मार्नेको भिड बढेको थियो । त्यस्तै पाख्रिवास नगरपालिकाले पछि आफ्ना क्षेत्रका बासिन्दालाई केहि दिन सुरक्षित रहन आग्रह गरेको छ । कतै केहि भइहाले प्रहरी वा पालिकामा खबर गर्न समेत आग्रह गरेके पालिका प्रमुख ज्ञान बहादुर गुरुङले जानकारी दिनुभयो ।

त्यस्तै धनकुटा नगरपालिका र सहिदभुमी गाँउपालिकाले पनि आफ्ना नदी किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ । धनकुटाका चार पालिका हुदै अरुण र तमोर नदी बग्ने गरेका छन् । उच्च क्षेत्रमा आएको निरन्तर परिरहेको पानीका कारण ति नदीमा गएराती देखि बाढी आइरहेको छ ।

फिचर तस्बीर स्रोत : हरि लम्जेलको फेसबुक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।