बर्षा संगै बाढीको जोखिम बढेपछि सचेत रहन पाख्रिबास नगरपालिकाको आग्रह
धनकुटा,४ असार । बर्षा संगै बाढीको जोखिम बढेपछि धनकुटामा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
धनकुटाको पाख्रिबास नगरपालिकाले सुचना निकाल्दै अझै केहि दिन भारी बर्षा हुन सक्ने भएकाले अरुण नदी तथा आसपासका खोला किनारामा जोखिम पुर्ण क्षेत्र बसोबास गर्ने तथा नदी किनारमा बसि जिबिकोपार्जन गर्ने ब्यक्तिलाई केहि दिन त्यस्तो स्थानमा नबस्न आग्रह गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत गोर्ख बहादुर तामाङद्वारा हस्ताक्षरित सुचनामा भनिएको छ : आषाढ ३ गते विहानको समय देखि संखुवासभा, तेह्रथुम, पाँचथर र ताप्लेजुङ जिल्लामा परेको अविरल वर्षाका कारण अरुण र तमोर नदीमा पानीको सतह सतर्कता तह भन्दा माथी पुगेको छ । जल तथा मौसम विभागले यस क्षेत्रमा अझै केही दिन भारी वर्षा हुन सक्ने जनाएकोले पाख्रीबास नगरपालिका क्षेत्र भित्रका नदी तथा खोलाको किनारा र जोखिमपूर्ण क्षेत्रमा बसोबास गर्ने, नदी किनारमा जीविकोपार्जनका लागि काम गर्ने व्यक्तिहरु तत्काल त्यस्तो क्षेत्रमा नवसी सुरक्षित स्थानमा जानुहुन सम्बन्धित सबैलाई जनकारीको लागि अनुरोध छ ।



