छथर जोरपाटी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक
धनकुटा,५ असार । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आर्थिक बर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँसभामा छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाले आर्थिक बर्ष २०८०÷८१ को निती तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो । गाउँपालिकाको नीति तथा कार्यक्रममा शिक्षा,स्वाथ्य, कृषि, पूर्वाधार लगायतका बिषय लाई समेटीएको छ ।
आवश्यक सुझाव र छलफलको अध्ययनका लागि वडा अध्यक्ष कार्यपालिका सदस्य गाउँसभाका सदस्य लाई निती तथा कार्यक्रम प्रतिलिपी बुझाइएको र सुझाव लाई समेट समेटेर आर्थिक बर्ष २०८०÷८१ को निती तथा कार्यक्रम पास गरि असार १० गते गाउँपालिको बजेट समेत सार्वजनिक गरिने गाउँपालिका अध्यक्ष छत्र बहादुर सुब्बाले जानकारी दिनु भयो ।


