सहिदभूमि १ मा आर्थिक वर्ष २०७९/८० मा विभिन्न १० वटा योजना सम्पन्न
धनकुटा । सहिदभूमि गाउँ पालिका वडा नं १ धनकुटाले आर्थिक वर्ष २०७९/८० को विभिन्न १० वटा योजना सम्पन्न गरेको छ ।
जस् अन्तरगत पुङ्थुङ डाडटोल कृषि सडक स्तरउन्ति तथा निर्माण (१,५०,०००) १ लाख ५० हजार , घङ्गरु झोलुङे पुल सडक निर्माण (१,००,०००) एक लाख , उन्नत जातको खुर्सानी र मकैको बीउ बितरण (४,००,०००) ४ लाख, खानेपानी पाइप बितरन (३,००,०००) ३ लाख , गङ्गटे गोपालपुर खानेपानी मर्मत (१,५०,०००) १ लाख ५० हजार , बालबालिकाहरुको नेतृत्व र छमता बिकास कार्यक्रम (५०,०००) ५० हजार , छिन्ताङ सहिद कप र प्रकाश थापा कप खेलाकुद कार्यक्रम (१,००,०००) १ लाख , त्रिबेणि प्रहरी चौकी ब्याबस्थापन (५०,०००) ५० हजार , मिलन प्राबी र चन्द्रोदय प्राबी ब्याबस्थापन (१,००,०००) १ लाख , बिपन्न परिवर सोउचालय प्रोत्सान कार्यक्रम (५०,०००) ५० हजार रहेकाछन् ।
माथि उल्लेखित शिर्षकको काम सम्पन्न भए संगै वडा नं १ मा चालू आवको ९० प्रतिशत काम तथा योजना सम्पन्न भएको वडा अध्यक्ष रमेशकुमार राइले जानकारी दिनु भयो ।
यस्तै गरि अहिले आगामी आर्थिक वर्षको वडाको योजना तथा नीति कार्यक्रमका लागि वडामा छलफल योजना छनौट र निर्माण कार्य भईरहेको उहाँले बताउनुभयो ।


