धनकुटा कांग्रेसको क्रियाशिल सदस्य वितरण, नविकरण शुरु, पार्टी प्रवेश गरेकाहरुलाई जिम्मेवारी प्रदान

धनकुटा । नेपाली कांग्रेस धनकुटाले नयाँ क्रियाशिल सदस्यता वितरण र नविकरण अभियान शूरु गरेको छ । उसले वीहिबारदेखी यो अभियान शुरु गरेको हो । साथै यसअघि पार्टी प्रवेश गरेकाहरुलाई जिम्मेवारी पनि प्रदान गरेको छ ।

पार्टीका जिल्ला सभापती दिनेश राईले दुवै क्षेत्रका क्षेत्रिय सभापती,सातवटै पालिकाका सभापती र ६० वटै वडाका सभापतीहरुलाई नयाँ र नविकरणका लागि क्रियाशिल सदस्यता फारम हस्तान्तरण गरी अभियानको शुरुवात गर्नु भएको हो ।

जिल्ला समितिले पद्रेश सभा निर्वाचन क्षेत्रिय समितिलाई ,क्षेत्रिय समितिले पालिका समतिलाई र पालिका समितिले वडा समितिलाई क्रियाशिल सदस्यता वितरण र नविकरणका लागि फारम प्रदान गर्ने व्यवस्था अनुसार फाराम वितरण गरिएको जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

जिल्ला सभापती राईको अध्यक्षतमा सम्पन्न बैठकले एक महिना भित्र क्रियाशिल सदस्यता वितरण र नविकरण अभियान संंचालन गर्ने,मातहतका समितिहरुमा रिक्त रहेका पद पूर्तिका लागि निर्वाचन गराउने,विभिन्न पार्टी परीत्याग गरी नेपाली कांग्रेसमा प्रवेश गगरेकाहरुलाई पार्टीको विधान अनुसार जिम्मेदवारी दिएर समायोजन गर्न र मातहतका सबै समितिहरुलाई निर्देशन दिने निर्णय गरेको छ ।

बैठक पूर्वी नेपालको ताप्लेजुङ,पाचथर,संखुवासभा,इलाम लगायतका जिल्लाहरुमा हालै गएको बाढी पहिरो बाट पीडितहरुको उद्धार तथा राहतको लागि क्रियाशिल हुने सवै नेता तथा कार्यकर्ताहरुलाई परिचालन गर्ने निर्णय समेत गरेको छ । बैठकले नेपाली कांग्रेस र लोकतान्त्रिक गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनमुखी बजेट निर्माणका लागि आमन्त्रण गरेर बैठक तथा भेला गरी सुझाव सहित निर्देशन दिन सवै मातहतका समितिहरुलाई निर्देशन दिने पनि निर्णय गरेको छ ।

जनता समाजबादी पार्टी धनकुटाको उपाध्यक्ष परीत्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नु भएका विकास घिमिरे सहितका नेताहरु मध्ये घिमिरेलाई जिल्ला सचिव, राम वहादुर रायमाझीलाई सह सचिव,गजम घिसिङ्गलाई जिल्ला सदस्य र नेकपा एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गर्नु हुने भक्त थापालाई जिल्ला सदस्य र यूवा नेता डि वि मोक्तानलाई जिल्ला सदस्यमा मनोनयन गरी जिम्मेवारी दिईएको नेपाली कांग्रेस धनकुटाले जनाएको छ । उनिहरुलाई जिल्ला सभापती दिनेश राई, उपसभापती निर्मल प्रसाद ओझा,जिल्ला सचिवहरु विजय सन्तोषी राई र जयन्द्र घिसिङ्गले पद वहाली गराएका थिए ।

स्वागत मन्तव्य उपसभापति निर्मला ओझाले राख्नुु भएको थियो । बैठकले हालै सम्पन्न पार्टीको जिल्ला सम्मेलनको समिक्षा गरी सम्मेलन गर्न बाँकी पालिकाका र वडाहरुको यथाशक्य छिटो सम्मेलन गर्ने निर्णय पनि गरेको छ । नेपाली कांग्रेस धनकुटाले अवदेखी प्रत्येक वर्ष क्रियाशिल सदस्यता वितरण र नविनकरण गरी सदस्यता अपडेट गर्ने जनाईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।