पाख्रिबासमा दलित,आदिबासी जनजाति क्षमता विकास कार्यक्रम सम्पन्न
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका -४ मा ३ दिने दलित,आदिबासी जनजाति क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ ।
किरात राई यायोक्खा नगर कार्य समिति,पाख्रीबासको आयोजमा तथा पाख्रिबास नगरपालिकाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
नगर भित्रका ‘भाषा,संस्कृति संरक्षण र सम्वर्दन गरौं’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा नगरमा बसोबास गरिरहेका विविध जातजातिहरुको सहभागिता रहेको थियो ।
किराया पाख्रिबास नगर कार्य समिति पाख्रिबासका अध्यक्ष जितेन्द्र मांगपाहंग राईको अध्यक्षतामा संचालित कार्यक्रमको प्रमुख अतिथि र विशिष्ठ अतिथिको रुपमा नगर प्रमुख ज्ञान बहादुर गुरुंग र नम्रता गौतम रहनु भएको थियो ।
नगर कार्य समितिका उपाध्यक्ष अमृत राईले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमलाई सचिव चकेन्द्र राईले संचालन गर्नु भएको थियो ।
कार्यक्रममा प्रशिक्षक नैन रुचाल र सरोज भुजेलले प्रशिक्षण दिएका थिए ।











