होटल एशोसिएसन धनकुटाको अध्यक्षमा पुन: विष्ट

धनकुटा,८ असार । होटल एशोसिएसन ( हान ) धनकुटा जिल्ला शाखाको आज भएको तेस्रो जिल्ला अधिवेसनले पुन: खगेन्द्र कुमार विष्टको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति गठन गर्दै चयन गर्दै सम्पन्न भएको छ ।

समितीको बरिष्ठ उपाध्यक्षमा भुषण कुमार श्रेष्ठ , उपाध्यक्ष डम्बर राज काफले , सचिव मोहन वान्तवा राई , सह सचिव ज्ञानेन्द्र वस्नेत र कोषाध्यक्षमा घनमाया श्रेष्ठ लाई सर्वसम्मत रुपमा चयन गरेको होटल एशोसिएसन धनकुटाका नबनिर्वाचित सचिव मोहन वान्तवा राईले जानकारी दिनु भयो ।

त्यस्तै सदस्यहरुमा विनिता थापा , शोभा वस्नेत , सुजित प्रधान, सुमन कार्कि र सोमनाथ पराजुली चयन भएका छन ।त्यस्तै गरि दिनश अमात्यको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहाकार समितिको पनि भेलाले चयन गरेको छ ।

सल्लाहकार समितीको सदस्यमा हर्कराज राई , लालचन्द गोङ्घवा तामाङ्घ , जयमणि घिमिरे र दिपेन्द्र पराजुली रहेका छन ।धनकुटा नगर पालिकाका प्रमुख चिन्तन तामाङ्घको प्रमुख आतिथ्यमा भएको तेस्रो जिल्ला अधिबेशनलाई जिल्ला प्रसाशन कार्यलय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी अन्जन नेउपाने , प्रहरी उपरिक्षक कृष्ण प्रसाद कोईराला, उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई , पुर्व डि. आई. जि. दिनेश अमात्य, उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष लालचन्द गोङ्घवा तामाङ्घ , करदाता सेवा केन्द्रका प्रमुख भक्तराज निरौला र खाध्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यलयका प्रमुख आनन्द डंगोल लगायतकाहरुले उपस्थिती रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।