बसाई सराईले उराठ बनेको धनकुटाको कुरुले कसरी एकाएक भयो हराभरा ? हेर्नुहोस् भिडियो

धनकुटा । पहाडी क्षेत्रवाट सुबिधा र अबसरको खोजीमा बसाई हिड्न नौलो कुरो हैन जसका कारण पहाडी रित्तिने क्रम बढ्दो छ तर कसैले अबसर नदेखेको ठाँउमा कसैकोलागि भने ठुलो अबसर हुन्छ ।

त्यस्तै भएको छ धनकुटाको कुरुलेमा । बाक्लो बस्ती रहेको कुरुले बसाइसराइले एकाएक रित्तिन थाल्यो । गाँउहरु रित्तिएर झाडीमा परिणत भए । हेर्दाहेर्दै कुरुले उराठ बन्यो तर अहिले पुन: केहि ब्यक्ति भने कुरुलेमै सम्भाबना खोज्दैछन् ।

एक समयको निक्कै बाक्लो बस्तीको रुपमा रहेको तत्कालिन धनकुटाको कुरुले गाबिस पछिल्लो समय बसाइसराइको कारण रित्तिदै गयो । बसाइसराइले अबस्था यस्तो सम्म भयो की भरअभरमा छिेमकी खोज्न समेत धेरै टाठा पुग्ने गर्ने अबस्था आयो । धेरै टोल झाडिमा परिणत भए । एक समयको चहलपहलपुर्ण कुरुले एकाएक उराठ बन्यो । यो अबस्थाको पछाडीका कारण थियो । सम्भाबना र अबसरको खोजिमा हुने बसाइसराई तर यो बसाइ सराइ लाई नजिकै बाट नियालि रहेका थिए भारतिय मुलका अमेरीकन नागरिक राजिव गोयल ।

गोयल केहि समय देखि कुरुले सहित पहाडी क्षेत्रको बसाईसराई रोक्न केहि गर्न सकिन्छ की भनेर स्थानिय संग छलफल गरिरहनु भएको थियो । अहिले गोयलकै सल्लाहसुझाब अनुसार गरेको कार्यले पुन कुरुले हराभरा मात्र भएको छैन केहि गर्न सकिन्छ कि भन्ने आशा पलाएको छ ।

सबैले तालिम लिएपछि २०७३ सालमा गोयलककै सल्लाह अनुसार उहाहरुले तमोर पर्माकल्चर नामक कम्पनी दर्ता गर्नु भयो । त्यहि दर्ता गरिएको कम्पनीले कुरुलेमा गरेको कार्य देखेपछि अहिले कुरुलेका धेरै ब्याक्तिले बसाइसर्ने कुरा सोच्न छाडेका छन् । अहिले यहि बिधि अनुसार कुरुलेमा धेरै स्थानियले स्याउ फलाएर बिक्रि गर्नका छन् । पहिले पानी समस्याको कारण सब्जी समेत वजार वाट खरीद गरेर खाने गरेका स्थानियले अहिले भने आफै उत्पादन गरेर खाने मात्र हैन बिक्रि समेत गर्न सुरु गरेका छन् । पहिले बसाइ सराईले उजाड भएको कुरुलेमा अहिले पुन हराभरा हुन थालेको तमोर पर्माकल्चर का अध्यक्ष लोकुन्द्र कुमार याख्खाले बताउनु भयो ।

अहिले तमोर पर्माकल्परले कुरुलेको करीब १०३ रोपनी क्षेत्रफलमा बिभिन्न जातका स्याउ, आरुवखडा, बखडा ओखर लगायत ३५ प्रजाती भन्दा बढि फलफल लगाइएको छ । साथै नर्षरी पनि गरिएको छ । पहिले केहि नहुने कुरुलेको बन्दुके डाँडो हराभरा भएको छ । बिभिन्न जातका फलफुल लटरम्म फलेका छन् । फलफुल र नर्षरीवाट यो बर्ष १५ लाख भन्दा आम्दानी हुने कम्पनीका सञ्चालक गोपीकृष्ण भण्डारी बताउनु हुन्छ ।

यहाँ आएर यो बिधि सिक्न चाहने हरुको लागि सिकाउने समेत ब्यबस्था गरिएको छ । कम्पनीको लागि प्राबिधिक र आर्थीक सहयोग अहिलेपनि गोयल र उहाको संस्था केटीके बेल्टले उपलब्ध गराउदै आएको छ । बढ्दो बसाइसराइ समस्या रहेको स्थानमा यो बिधि अपनाउन सके केहि हद सम्म बसाइ सराइ रोक्न सकिने थियो की ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।