धनकुटामा सासुको हत्या आरोपमा बुहारी पक्राउ

धनकुटा । धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ४ की विष्णुमाया लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कुटपिट गरि सासुको हत्या गरेको आरोपमा ३२ वर्षकी लिम्बुलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो ।

विष्णुको कुटपीटबाट ६३ वर्षकी उनकी सासु सुकमायाको निधन भएको भनि सुकमायाकी भाई गजेन्द्र लिम्बुले किटानी जाहेरी दिनुभएको जिल्ला प्रहरी कार्यलय धनकुटा सञ्चार शाखाले जनाएको छ । सोही किटानी जाहेरीको आधारमा विष्णुलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक मान प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

सासु बुहारीवीच असार ३ गते बेलुकी झगडा भएको सुकमायाको ५ गते निधन भएको पाईएको प्रहरीले जनाएको छ । निधन भएकी सुकमायाको असार ६ गते नै जातिय संस्कार अनुसार शव गाडिएको तर फेरि मृतकका भाई गजेन्द्रले प्रहरीमा त्यस्तो किटानी जाहेरी दिएपछि प्रहरीले शव उत्खनन् गरि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्मार्टम गरि फेरि शव जिम्मा लिई सकेको प्रहरीको भनाई छ ।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ । प्रहरीका अनुसार अहिलेसम्म झगडाको कारण भने खुलेको छैन ।

(प्रहरी निरीक्षक मान प्रसाद श्रेष्ठ हुनु पर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।