पाख्रीवास नगरपालिकाद्वारा आर्थिक वर्ष २०८०/८१ का लागि ७७ करोड २० लाख ६० हजार बराबरको अनुमानित बजेट ,नीति तथा कार्यक्रम प्रस्तुत

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७७ करोड २० लाख ६० हजार बराबरको अनुमानित बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

शनिबार नगरमा सञ्चालित १२ औं नगर सभामा उपप्रमुख नम्रता देउजाले आर्थि वर्ष २०८०/८१ का लागि ७७ करोड २० लाख ६० हजार बजेट प्रस्तुत गर्नुभएको हो ।

सभामा चालु आ.ब २०७९/८० को कूल बजेट मध्ये अहिलेसम्म २४ करोड ९१ लाख २१ हजार र पूँजिगत तर्फ ९ करोड ८९ लाख ९५ हजार खर्च भएको उपप्रमुख देउजाले जानकारी गराउनुभयो ।

त्यस्तै आय तर्फ संघिय सरकारबाट वित्तीय समानिकरण अनुदान अन्र्तगत रु ९ करोड १९ लाख, सर्शत अनुदान तर्फ२४ करोड २० लाखसंघिय विशेष अनुदान तर्फ ९३ लाख समपूरक अनुदान तर्फ ८५ लाख,प्राप्त भएको उहाँले बताउनुभयो ।

प्रदेश अनुदान तर्फ रु ७९ लाख ३५ हजार,प्रदेश समपूरक अनुदन तर्फ १ करोड ५० लाख, प्रदेश सरकार वित्तिय समानिकरण तर्फ ५५ लाख ९२ हजार प्राप्त भएको जानकारी गराउनुभयो । प्रदेश सरकार मार्फत प्राप्त सवारी सधन करको बाडफाँड राजश्व बाँडफाड तर्फ रु ५० लख प्राप्त हुने उहाँले बताउनुयो ।

त्यस्तै आन्तरिक श्रोत तर्फ रु १ करोड आम्दानी हुने, रजिष्ट्रेशन बाँडफाँड तर्फ ५० लाख प्राप्त हुने, संघिय सरकार (राजश्व बाँडफाड) बाट रु ८ करोड ५४ लाख ६१ हजार प्राप्त भएको,सामाजिक सूरक्षा तथा संरक्षण कार्यक्रम तर्फ रु १२ करोड स्वासथ्य तथा जनसंख्या मन्त्रालयबाट चालु आ.ब मा १४ करोड ३३ लाख ७२ हजार प्राप्त हुने अनुमान गरिएको उपप्रमुख देउजाले बताउनéयो ।

त्यस्तै जलदेवी सिमसार संरक्षण योजनाका लागि ३५ लाख प्राप्त हुने उहाँले वताउनुभयो । अहिलेसम्मको वित्तिय भौतिक प्रगतिको आधारमा आगामी आब अ ल्या तर्फ १ करोड ९० लाख, वडा नं ४ मा १५ वेडको अस्पताल निर्माणका लागि १४ करोड ३३ लाख ७२ हजार र जलदेवी सिमसार संरक्षण योजना (संघिय सर्शत अनुदान)का लागि रु ३५ लाख रकम प्राप्त हुने नगरले अनुमान गरेको छ ।

उपप्रमुख देउजाले बजेट प्रस्तुत गर्नुअघि नगर प्रमुख ज्ञान वहादुर गुरुङले नगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उहाँले ५ वर्ष भित्र कृषि पेशा नै नगरवसीको मुख्य आधार हुनेगरि उत्पादनमा वृद्धी,सहज बजारीकरण वातावरणमुखी दीगो पर्यटन विकास, समय सापेक्षित गुणस्तरिय शिक्षाका लागि शैक्षिक तथा भौतिक विकास, गुणस्तरिय स्वास्थ्य सेवाका साथमा स्वस्थ्य अबलम्वन, समृद्ध,सुखी नागरिकको नमूना स्थलका रुपमा नगरलाई स्थापित गर्ने लक्ष सहितको प्रस्तुत नीति तथा कार्यक्रम गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।