एमाले प्रचार तथा प्रकाशन विभाग र प्रेस चौतारी नेपाल धनकुटाको संयुक्त भेलामा सहभागीलाई प्रशिक्षण
धनकुटा । नेकपा एमाले धनकुटा प्रचार तथा प्रकाशन विभागको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग र प्रेस चौतारी नेपाल धनकुटाको संयुक्त भेलामा सहभागीलाई प्रशिक्षण दिईएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय कमिटी सदस्य एवं कोशी प्रदेश प्रचार तथा प्रकाशन विभाग संयोजक युवराज वास्कोटाले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा पार्टीका केन्द्रीय कमिटी सदस्य सकुन्तला बस्नेत र जिल्ला पार्टी अध्यक्ष एवम प्रदेश संसद ईन्द्रमणी पराजुलीले सल्लाह सुझाव सहित निर्देशनात्मक मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रममा पार्टीका जिल्लाका नेता तथा प्रेस चौतारीका पत्रकारहरुको सहभागीता थियो ।





