विराटनगर महानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम पेस

विराटनगर, १० असार (रासस) :विराटनगर महानगरपालिका नगरसभाको १२औँ अधिवेशनमा आज आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम पेस भएको छ ।

सभामा उपप्रमुख शिल्पा निराला कार्कीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरलाई समृद्ध बनाउने सन्दर्भमा स्थानीयस्तरमा रहेका सीमित स्रोत र साधनलाई अधिकत्म प्रयोग गरी नगरवासीको आकांक्षालाई पूरा गर्ने बताउनुभयो ।

‘हामी सबैको रहर शिक्षित, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ बनाउने मुख्यम सोचका साथ आव २०८०/८१ को लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा गरिएको उहाँले जानकारी दिनुभयो ।

“स्थानीय तहको अधिकार क्षेत्र बढ्दै जाँदा नागरिकलाई पुर्‍याउने सेवा प्रवाहका लागि आवश्यक जनशक्ति व्यवस्थापन, प्रशासनिक व्यवस्थापनलगायत विषयमा बजेट छुट्याउँदा विकास निर्माणमा चाप पर्ने गरेको छ”, उपप्रमुख कार्कीले भन्नुभयो ।

महानगरको सीमित स्रोत साधनबाट मात्र नगरको विकास निर्माणलगायत सेवा प्रवाह गर्न नसकिने भएकाले नागरिक समाज, निजी क्षेत्र, सङ्घ संस्थालगायत सबैको साथ र सहयोगको अपेक्षासहित नीति तथा कार्यक्रम प्रस्तुत गरिएको उहाँको भनाइ थियो ।

नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४, पन्ध्रौँ योजनाको दीर्घकालीन अवधारणा, प्रदेशको प्रथम आवधिक योजना, राष्ट्रिय योजना आयोगको बजेट तर्जुमासम्बन्धी मार्गदर्शन, सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त मार्ग निर्देशन, स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन र विषयगत समिति, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज तथा सङ्घ संस्थाको सल्लाह र सुझावलाई वार्षिक नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

आर्थिक विकास क्षेत्रतर्फ कृषि, पशुपक्षी विकास, सहकारी, पर्यटन, उपभोक्ता हित संरक्षण, उद्यमशीलता, उद्यम र रोजगार, सामाजिक विकास, शिक्षा, युवा तथा खेलकुद, सामुदायिक विकास, महिला तथा बालबालिका, साहित्य, ज्येष्ठ नागरिक, अपाङ्गता, पञ्जीकरण तथा सामाजिक सुरक्षा, पूर्वाधार विकास, विद्युत् ऊर्जा, वन वातावरण तथा सरसफाइ, विपद् व्यवस्थापन, सरसफाइ व्यवस्थापन, आर्थिक प्रशासन, सामान्य प्रशासन, राजस्व प्रशासन, सूचना र प्रविधि, कानुन न्याय जस्तामा अधिकतम लगानी, सेवा र विकास गर्ने लक्ष्यसहित बनाइएको नीति तथा कार्यक्रम उपप्रमुख शिल्पा निराला कार्कीले प्रस्तुत गर्नुभएको छ ।

नगरसभा बैठक महानगर प्रमुख नागेश कोइरालाको अध्यक्षतामा सञ्चालन भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।