सांस्कृतिक कार्यक्रममा आफ्ना सांगीतिक प्रस्तुति दिन कलाकारहरु युएईमा

युएई । वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका तामाङहरुको छाता संगठन तामाङ समाज युएईको सांगीतिक कार्यक्रमको अन्तिम तयारी पूरा भएका छन् भने नेपाललबाट कलाकारहरु युएई पुगिसकेका छन् ।

उक्त कार्यक्रमका लागि सांस्कृतिक प्रस्तुति दिन नेपालबाट चर्चित सेलो गायिका सुमिना लो, गायक प्रदिप लामा र मोडल तथा नायिका नम्रता सापकोटा दुबई पुगिसकेका छन् । उनिहरुलाई तामाङ समाज युएईका सदस्यहरुले एयरपोर्टमा भव्य स्वागत गरेका छन्

‘मेरो संस्कृति मेरो पहिचान, शिक्षाको लागि समाज’ भन्ने मुल नाराको साथ समाजले आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रम ‘म्युजिकल प्रोग्राम-१ २०२३’ को तयारी पूरा भएको हो ।

युएईको दुई शहरहरु रस अल खैमहको इन्डियन एसोसिएसनमा जुन २९ तारिख ,दिउँसो ०३:०० बजे र दुबईको एभरेस्ट क्लबमा जुलाई २ तारिख, दिउँसो १ बजे विजोड सांस्कृतिक कार्यक्रमको तयारी गरेका छन् ।

कार्यक्रममा युएईमा रहेका स्थानीय कलाकारहरुले समेत आफ्नो प्रस्तुति दिने तामाङ समाज युएईका महासचिव नवीन दोङले जानकारी गराए ।

विशेषगरी शिक्षाको कारण तामाङ समुदाय सामाजिक, आर्थिक र राजनीतिक हिसाबले पछाडि परेको कुरालाई मध्यनजर गर्दै शिक्षाको क्षेत्रमा केही आर्थिक सहयोग गर्ने उदेश्यले उक्त म्युजिकल कार्यक्रम राखेको महासचिव दोङले बताए ।

उनले थप भने ‘हाम्रो उदेश्य नाचगान मात्रै हैन, शिक्षाको कारण पछाडि परेको तामाङ समुदायले उत्थानको लागि सानो प्रयास पनि हो । कोही तामाङको छोराछारी पैसाको कारण पढ्न नपाएको देख्न नपरोस्, त्यसका लागि हामीले आफ्नो ठाउबाट गरेको सानो कोशिश हो यो सांस्कृतिक कार्यक्रम ।’

तामाङ समाज युएईले लामो समयदेखि विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी आर्थिक स्थिति नाजुक तामाङ समुदायका बालबालिकाहरुलाई छात्रवृत्ति तथा तामाङ समुदायको बहुलियता भएको विद्यालयलाई आर्थिक सहयोग गर्दै आइरहेका छन् भने युएईमा अलपत्र नेपालीहरुको समेत उद्धार गर्दै आइरहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।