युकेमा सिसेक्पा तङनाम सम्पन्न- आन्दोलनलाई आब्हान

१५ जुलाई २०२३ शनिबारका दिन किरात याक्थुङ चुम्लुङ युकेकाे आयाेजनामा किरात याक्थुङ लिम्बुहरूकाे मौलिक सास्कृतिक पर्व सिसेक्पा तङनाम २०२३ को अवसरमा युकेमा भव्य कार्यक्रम सम्पन्न भएकाे छ । किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनकाे प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रमलाइ सम्बाधेन गर्ने क्रममा हाल नेपालकाे प्रदेश न.१ मा चर्किरहेकाे पहिचानकाे आन्दाेलनकाे बिषयमा उपस्थित सम्पुर्ण युके बासि पहिचानवादीहरुमा आन्दाेलनकाे ताजा कुराहरु राख्नु भएकाे थियाे।

अध्यक्ष येक्तेनले तङनामलाई सम्बाेधन गर्दै प्रदेश न.मा बिगत लामाे समय देखि पहिचानकाे आन्दाेल हुन्दै आएकाे र त्यहाँका मुलबासी आदिवासी जनताहरुले प्रदेश १ काे नाम पहिचानकाे आधारमा रहुन पर्छ भनेका थिए । तर जनताकाे चाहाना भावना आकाक्षा बिपरित तानाशाही एकात्मक, गुण्डा शैलीमा कसैलाई जानकारी नगराई रातारात जातीय नश्लिय उच्चबाहुनबाद लादेर प्रदेशकाे नाम काेशी राखियाे ।

यसले सिङगाे प्रदेश १ का पहिचानवादीहरुकाे आत्मा चाेट पुगेकाे बताउनु भयाे । गुण्डा शैलिमा राखेकाे गाेत्रीय जातीय नाम काेशीले अहिलेकाे आन्दाेलन र प्रदेशका न १ मा बस्ने कुनै पनि पहिचानवादी जनताहरुकाे अपनत्व नदेखिएकाेले जुन दिन काेशी नामकाे घाेषणा भाे त्यहि दिन देखि प्रदेश १ मा पहिचानवादी जनताहरु निरन्तर सडकमा छन ।

जब याे काेशी नाम खारेज भएर पहिचानकाे आधारमा प्रदेशकाे नाम रहन्दैन तब सम्म हामी लडिरहने छाै । याे महान कार्यमा बिश्वमा छरिएर बसेका पहिचानवादी मित्रहरुले आफ्ना क्षमताले दिए सम्म आन्दाेलनलाई साथ सहयाेग दिन पनि कार्यक्रममा उपस्थिति सबै याक्थुङ साथै गैर याक्थुङहरुलाई समेत आग्रह गरे । हामी अन्तिम लडाईमा छाै यश आन्दाेलनमा धेरै पहिचानवादी युद्वाहरु घाईते भएका छन भने कसैलाई सरकारले झुटा आराेप लगाएर धडपकड गरिरहेकाे छ ।

आफ्ना पहिचानकाे लागि लडदा लडदै पदम लाजेहाङ लिम्बू समेत सहिद भईसकेका छन । त्यसैले तपाईहरु जहाँ भए पनि एक भएर याे पहिचानकाे आन्दाेलनलाई साथ दिन र काेशी नामकाे बिरुद्वमा प्रवासबाट पनि सहयाेग गर्न फेरि अनुराेध गरेका छन ।

विभिन्न प्रवासहरुबाट पाइरहेकाे अवगत गराउँदै अान्दाेलनलाइ थप संसक्त पार्नका लागि साथ दिन अपिल गरेका छन् । पहिचानविराेधी दलले दम्भकाे अाधारमा काेशी नाम राखेकाे हुँदा त्यसलाइ परास्त गर्न स्वदेश विदेशमा बस्नु हुने समस्त प्रदेश १ वासी पहिचानवादीहरु एक हुन समेत अध्यक्ष येक्तेनले अपिल गरेका छन् ।

अध्यक्ष येक्तेन दुई हप्ता सम्म युके बस्ने छन । याे समयलाई उपभाेग गर्दै युकेमा बसेबास गर्नु हुने पहिचानवादी संघ सस्था र किरात याक्थुङ चुम्लुङका शाखा समितिहरुसंग विशेष समेत भेटघाट रहने र अहिले भईरहेकाे पहिचानकाे आन्दाेलनकै बिषयउपर रहेर छलफल भेट गर्ने बताएका छन ।

यहि सबै कुरा सुनाउन कार्यक्रममा उपस्थित सम्पुर्णलाई जानकारी गराउन यहि सिसेक्पा तङनामकाे अवसर पारेर किरात याक्थुङ चुम्लुङ संघिय अध्यक्षलाई प्रमुख अथितिकाे रुपमा निमन्त्रणा गरिएकाे आयाेजक बताउछन ।

किरात याक्थुङ चुम्लुङ युकेले बार्षिक रुपमा आयाेजना गर्दै आएकाे सिसेक्पा तङनामा युके भरि बसेका किरात याक्थुङ लिम्बुहरुलाई भेला गरेर कार्यक्रम संचालन गर्दै आएकाे देखिन्छ । कार्यक्रमलाई राेचक बनाउन किरात याक्थुङ चुम्लुङका शाखा शाखालाई माैलिक नाच च्याब्रुङ र पालाम यालाङ, हाक्पारे, माङलाङ, केलाङ जस्ता सास्कृतिक जागरण जस्ता अभियान पनि संचानल गर्दै आएका छन । भने किरात याक्थुङ चुम्लुङ युकेका अध्यक्ष नरवीर आङबाेकाे अध्यक्षता रहेकाे थियाे ।

-ज्ञानु फुरुम्बाे चरपे

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।