८ मिनेटमै फुल चार्ज हुने रियलमी ११ प्रो प्लस फाइभजीको प्रिबुकिङ सुरू, ३ हजार फ्ल्याट छुट

नेपाली बजारमा रियलमी ११ प्रो फाइभजी र रियलमी ११ प्रो प्लस फाइभजीको प्रिबुकिङ सुरू भएको छ । आगामी जुलाई २१ सम्म यी फोन प्रिबुकिङ गर्न सकिने छ ।

रियलमी ११ प्रो फाइभजी र रियलमी ११ प्रो प्लस फाइभजी प्रिबुकिङ गर्दा ३ हजार फ्ल्याट छुट पाइने छ ।

प्रयोगकर्तालाई सधैं डिजाइन र प्रविधिमा केही फरक अनुभूति दिदै आएको रियलमी नेपालका प्रमुख मुनिष गिरीले बताए ।

सस्तो मूल्यमा उत्कृष्ट सेवा दिने रियलमीको कोसिस सधैं रहेने उनको भनाइ छ ।

रियलमी ११ प्रो फाइभजी

यसमा ६.६७ इन्च कर्भड ओएलईडी डिस्प्ले रहेको छ । १२० हर्ज रिफ्रेस रेट रहेको रियलमी ११ प्रोमा मिडियाटेकको डायमेन्सिटी ७०५० प्रोसेसर प्रयोग गरिएको छ ।

१०० मेगापिक्सेल मुख्य क्यामेरा रहेको फोनमा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा छ भने २ मेगापिक्सेलको म्याक्रो क्यामेरा छ । यसमा अल्ट्रावाइड क्यामेरा भने दिइएको छैन् ।

फोनमा ५ हजार एमएएचको ब्याट्री राखिएको छ, जसले ६७ वाटको फास्ट चार्जिङ सपोर् गर्छ । रियलमी ११ प्रो एन्ड्रोडमा १३ मा आधारित रियलमी युआई ४ मा चल्छ ।

नेपाली बजारमा रियलमी ११ प्रोको मूल्य ४७ हजार ९९९ रूपैयाँ तोकिएको छ । तर अहिले बुकिङ गर्दा उक्त फोन ४४ हजार ९९९ रूपैयाँमा पाइने छ ।

रियलमी ११ प्रो प्लस फाइभजी

यसमा ६.६७ इन्च कर्भड ओएलईडी प्यानल डिस्प्ले रहेको छ । १२० हर्ज रिफ्रेस रेट रहेको फोनमा मिडियाटेकको डायमेन्सिटी ७०५० प्रोसेसर प्रयोग गरिएको छ । रियलमी ११ प्रो प्लसमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा राखिएको छ, जसले फोरएक्ससम्म जुम गर्न सक्छ ।

यसमा ८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा र २ मेगापिक्सेलको म्याक्रो सेन्सर राखिएको छ भने ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ ।

यसमा १०० वाटको फास्ट चार्जिङ सपोर्ट गर्नेगरी ५ हजार एमएएचको ब्याट्री राखिएको छ । यसले १८ मिनेटमै १०० प्रतिशत चार्ज गर्न सक्ने छ । इनडिस्प्ले फिंगरप्रिन्ट स्क्यानर भएको यो फोन एन्ड्रोइड १३ मा आधारित रियलमी युआई ४ मा चल्दछ ।

नेपाली बजारमा यो फोन १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेजमा आएको छ । यसको मूल्य ६१ हजार ९९९ रूपैयाँ कायम गरिएको छ तर अहिले बुकिङ गर्दा ५८ हजार ९९९ रूपैयाँमै पाइने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।