निसानामा महामन्त्रीद्वय

काठमाडौं, साउन ५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध आक्रामक देखिएका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा जारी केन्द्रीय समितिको बैठकमा सदस्यहरूको निसानामा परेका छन्।

एक वर्षपछि मंगलबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय सदस्यहरूको आलोचनाको केन्द्रमा परेका हुन्।

संगठन निर्माणभन्दा सभापति देउवाको आलोचनामै महामन्त्रीद्वयले समय बिताएको आरोप सदस्यहरूको छ। उनीहरूले पार्टीलाई विधि, विधानअनुसार सञ्चालन गर्नुभन्दा पनि महामन्त्रीहरू सभापतिको आलोचना, गुटगत बैठक, मिडिया र सामाजिक सञ्जालमा रमाएको आरोप लगाएका छन्।

महामन्त्रीद्वयमाथि पार्टी संगठनको कामभन्दा मिडियाकेन्द्रित भएर आत्मरतिमा रमाइरहेको आरोप लगाउँदै बिहीबारको बैठकमा केन्द्रीय सदस्य रमेश रिजालले भने, ‘उहाँहरू आत्मकेन्द्रित प्रचारमा रमाएर बस्नुभयो, आफ्नो भूमिकालाई गौण बनाउनुभयो।’ आजको नागरिक दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖