कोरियाबाट घर जाने तरखरमा रहेका भुपेशले फेसबुकमा अलबिदा लेखेर बेपत्ता भएको १२ दिनपछी शव भेटियो

कोरिया । फेसवुक स्टोरिमा अल बिदा लेखि बेपत्ता रहेका दक्षिण कोरियामा कार्यरत भुपेस नेम्बाङ १२ दिन पछि उल्सान नदिमा सव फेला परेको कोरियाको प्रहरीलाई उद्दृत गर्दै दूतावासले जनाएको छ ।

खेलप्रेमी रुपेश कोरिया आएको पाँच बर्ष सकिनै लागेको र उनिन्कमिटेड कामदारको रुपमा कोरिया आउने तयारीमा रहेका थिए । सधै हासो मजाक गरिरहने रमाईलो गर्ने ब्यक्तिले यसरी बेपत्ता होला भनेर नसोचेको नजिकका साथीहरु बताउँछन् ।

बेपत्ता हुने दिन पनि अबेरसम्म रमाईलो गरेको र राती बाहिर निस्केर भोलि पल्ट काममा नआएपछी उनको खोजी कार्य शुरु गरेको कम्पनिमा कार्यरत साथीहरु को भनाई छ । खोजी गर्दै जादा नदि किनारमा उनले प्रयोग गर्ने साईकल भेटिएको थियो भने नजिकैको प्रतिक्षालयमा उनको पर्स भेटिएको थियो ।

कम्पनिका साथीहरु स्थानिय निकाय र प्रहरुले उनको खोजी कार्य तिब्र पारेको थियो । कोरियामा निरन्तर बर्षाका कारण पानी धमिलो र पानीको वहाव अत्याधिक भएकोले लामो समय सम्म खोजि कार्य सहज हुन सकेको थिएन । उनको मृत शरिर १२ दिनपछी फेला परेको हो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।