सुन र मुद्रा तस्करबीच साँठगाँठ

काठमाडौं, साउन ६ । सुन तस्करको ‘कनेक्सन’ हुन्डी र विदेशी मुद्राको अवैध कारोबारीसँग जोडिएको छ।

नेपाललाई ट्रान्जिट बनाएर सुन तस्करीमा जोडिएका व्यक्ति र हुन्डी तथा विदेशी मुद्राको अवैध कारोबारमा जोडिएका व्यक्तिहरूको गिरोह एकै भएकाले उनीहरूबीच कनेक्सन देखिएको छ।

प्रहरीले अवैध सुन र अवैध विदेशी मुद्रा कारोबारसम्बन्धी विभिन्न अनुसन्धान गरेर तयार पारेका प्रतिवेदनहरूबाट पनि त्यसको पुष्टि भएको छ। ती प्रतिवेदनहरूले औंल्याएका तथ्यहरूलाई आधार मान्दा सुन तस्कर र विदेशी मुद्रा तस्करबीच निकट सम्बन्ध रहेको देखिन्छ।

यो शृंखला नयाँ भने होइन। २०५५ सालमा गठित संसदीय छानबिन समितिको प्रतिवेदनमा डलरको अवैध कारोबारबाट सुन नेपाल भित्रिने गरेको उल्लेख छ।

२०५५ सालमा तत्कालीन सांसद परी थापाको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका नामहरू र २०६९ सालमा गठित प्रहरीको छानबिन समितिले गरेको अनुसन्धानमा सुन तस्करी र विदेशी मुद्राको अवैध कारोबारी गिरोह एउटै रहेको छ। आजको नागरिक दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।