संसद्को आकार घटाउन प्रस्ताव

काठमाडौं, साउन ६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू मुलुक र पार्टीसामु देखिएका चुनौतीलाई कसरी सम्बोधन गर्नेभन्दा पनि असन्तुष्टि पोख्नमै सक्रिय भएका छन्। केन्द्रीय समितिको शुक्रबारको बैठकमा बोल्ने सदस्यहरूले मुलुक र पार्टीका समस्या समाधानका उपाय पहिल्याउनुको सट्टा आ–आफ्नै असन्तुष्टि पोखे। बैठक मंगलबारदेखि जारी छ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको अव्यवस्थापन र नेतृत्व सबैको बन्न नसक्दा नेता–कार्यकर्ता पलायन हुन पुगेको धारणा राखे। पार्टी सदस्यता बढाउने कुरामा जोड दिँदै पौडेलले चुनावपूर्वको गठबन्धन आवश्यक नरहेको दाबी गरे। संविधान संशोधन गरी प्रतिनिधिसभा २०१ र राष्ट्रियसभा ३५ सदस्यीय बनाउनुपर्ने प्रस्ताव गर्दै उनले भने, ‘संघमा मन्त्रिपरिषद् बढीमा १५ जना र प्रदेशमा ५ जनाको बनाऔं।’

बैठकमा अर्का केन्द्रीय सदस्य शंकर भण्डारीले प्रदेश संरचना खारेज गर्नुपर्ने धारणा राखे। उनले संघीयतामा समस्या देखिएको पनि बताए। उनले पार्टीका क्रियाशील सदस्यबारे पनि समीक्षा हुनुपर्ने बताउँदै भने, ‘नौ सय क्रियाशील सदस्य भएको ठाउँमा पार्टीका उम्मेदवारलाई एक सय भोट आउँदैन। यसबारे समीक्षा किन गरिरहेका छैनौं ? यो राम्रो हो ?’

नेताहरूले भाषण सुनाएर संगठन विस्तार नहुने दाबी गर्दै केन्द्रीय सदस्य गोविन्द भट्टराईले भने, ‘अब हाम्रो संगठनको लक्षित वर्ग युवा विद्यार्थी हुनुपर्छ। अहिले ८ कक्षामा पढ्ने विद्यार्थी चार वर्षमा १२ मा पुग्छ। उसका लागि योजना बनाऔं।’

अर्का केन्द्रीय सदस्य मीन विश्वकर्माले कांग्रेसलाई बाहिरबाट होइन, भित्रैबाट संकट रहेको बताए। उनले भने, ‘कांग्रेसलाई अहिले अन्य दलबाट खतरा छैन, बरू आफ्नै अन्तरकलहबाट हामीलाई जोखिम छ।’

केन्द्रीय सदस्य आरजु राणाले केन्द्रीय कार्यालयका तर्फबाट महामन्त्री गगनकुमार थापाले पेस गरेको प्रस्ताव कार्यक्रम एनजीओको ‘विसलिस्ट’ जस्तो रहेको टिप्पणी गरिन्। नागरिक दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।