सकसमा एमाले

काठमाडौं, साउन ७ । नेपालका मूलधारका भनिएका राजनीतिक दल यतिबेला आन्तरिक मन्थन वा अझ भनौं हडबडी र गडबडीबाट गुज्रिरहेका छन् । नेपाली कांग्रेस बहुप्रतिष्ठित केन्द्रीय समितिको बैठकमा व्यस्त छ भने अर्को सत्तारूढ दल नेकपा माओवादी केन्द्र पनि एक प्रकारको सुषुप्त प्रसव पीडामा छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा त सकसपूर्ण तनाव नै रहेको देखिन्छ ।

नेकपा एमालेमा सदस्यता नवीकरण गर्नेको संख्या ५० प्रतिशतको हाराहारीमा मात्र रहेको देखिँदा तनाव हुनु स्वाभाविक नै हो । नेकपा एमालेलाई आफूप्रति आकर्षण सर्लक्कै घटेको तथ्य सार्वजनिक रूपमा स्विकार्न मुस्किल परेको छ ।

व्यक्ति केन्द्रित र त्यसमा पनि कुनै खास एक जना व्यक्तिबाहेक अरू कसैको कुनै महत्व नै नभएको समूहमा आबद्ध भइरहनुको कुनै तुक नभएको हुँदा पार्टी कार्यकर्तामा विकर्षण पैदा भएको छ भन्ने तथ्य सार्वजनिक रूपमा स्विकार्न विशेष व्यक्तिको गुणगानबाट नै मात्र जो कसैको अस्तित्व कायम हुने वा व्यक्तित्व विकास हुने समूहलाई गाह्रो पर्ने ने भयो । मुर्दामाथि कात्रो भने झैं पार्टी पंक्तिमाथि लागेको अनगिन्ती भ्रष्टाचारको आरोपका कारण कतिपय कार्यकर्ता बिच्किएका छन् ।

ठुलो संख्यामा कार्यकर्ताको विदेश पलायन अर्को पाटो हो । तत्कालको लाभको हरहिसाब गरेर कुनै व्यक्तित्वको आकर्षणका कारण नौला जमातमा मिस्सिनेको संख्या पनि ठुलै छ । त्यसो त एमाले अध्यक्ष केपी ओली आफ्नो वाक् चातुर्यको प्रयोग गर्दै भन्छन्, ‘नेकपा बन्दा माओवादीले मतदाता नामावलीबाट सर्लक्क सारेर चिन्दै नचिनेका मानिसलाई पानाका पाना सदस्य भनी देखाइदिएका कारण अहिले नवीकरण गर्नेको संख्या ह्वात्तै घटेको हो ।’

एमालेमा समस्याको मूल जड नै यही हो । ओलीले भनिसकेपछि सकियो । कुनै पनि विषयमा ओलीको निक्र्यौल वा बोली भन्दा एक इन्च पनि अगाडि पछाडि जाने छुट कसैलाई पनि छैन । हाल चलिरहेको विभिन्न भ्रष्टाचारको कारबाहीका सम्बन्धमा ओली भन्छ्न्, ‘ज्ञानेन्द्रको शासनकालमा शाही आयोग बनाएर देउवालाई भ्रष्टाचारको अभियोग लगाएर थुनियो । के त्यो भ्रष्टाचारविरुद्धको कारबाही थियो त ?’

अप्रत्यक्ष रूपमा उनी हाल चलिरहेको भ्रष्टाचारविरुद्धको कारबाहीलाई पनि राजनीतिक प्रतिशोध हो कि भन्ने शंका व्यक्त गर्दछन् । बडो मुस्किलले पुरानै घिसिपिटी संवाद बोल्छन्, ‘कुनै दोषी नछुटून् तर कुनै निर्दोष नफसून् ।’

अहिले भ्रष्टाचारविरुद्ध भइरहेको कारबाहीको समर्थन गर्न उनलाई गाह्रो छ र त्यसैकारण बडो चलाखीपूर्ण ढंगले उहिले ज्ञानेन्द्रले शाही आयोग बनाएर शेरबहादुर देउवालाई थुनेको घटना सम्झाउँछन् । अनि, एक क्विन्टल सुन तस्करीमा चाहिँ झटपट जुलुस निस्किन्छ । यती काण्ड जस्ता फाइल खोलियो भने आफू सिधै नभए पनि आफ्ना निकटतम माथि झुन्डिन सक्ने तरबारको त्रासले उत्तिकै सताएको छ । राजधानी दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।