कक्षा ११ को छात्रवृत्ति परीक्षा : गल्ती विवरण पेस गरे परीक्षा र भर्ना रद्द हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति परीक्षामा गलत विवरण पेस गरे भर्ना नै रद्द गर्ने भएको छ । कामपाको शिक्षा शाखाले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थी छनोटको लागि एकीकृत परीक्षा सञ्चालन गर्न लागेको छ ।

साउन २० गते हुने परीक्षाको लागि विद्यार्थीले गलत विवरण पेस गरी झुठो ठहरिए आवेदन फारम रद्द गरिनुका साथै भर्ना भइसकेको भए पनि भर्नासमेत रद्द गरी शैक्षिक कार्यक्रमबाट निष्कासन गर्ने निर्णय गरेको छ । कामपा शिक्षा शाखा प्रमुख सीताराम कोइरालाले छात्रवृत्ति परीक्षाको लागि फारम भर्दादेखि परीक्षा दिँदासमेत परीक्षाको महत्वलाई ख्याल गर्नुपर्नेमा जोड दिनुभयो ।

कामपाले संस्थागत विद्यालयमा भर्ना भएका विद्यार्थीमध्ये संख्याको आधारमा १० प्रतिशत छात्रवृत्ति दिन परीक्षा लिन लागेको हो । अघिल्लोवर्ष भनसुनको आधारमा मनपरी रूपमा छात्रवृत्ति दिने प्रचलन थियो । सो प्रचलन खारेज गरी छात्रवृत्ति वितरण प्रणालीलाई प्रभावकारी ढंगले सञ्चालन गर्न नयाँ प्रणाली शुरू गरिएको हो । महानगरले योग्यता सूचीको आधारमा विद्यालय छनोट गरी विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था गरेको छ ।

छात्रवृत्ति छनोटसम्बन्धी व्यवस्थाअनुसार संस्थागत विद्यालयले उपलब्ध गराउने १० प्रतिशत छात्रवृत्तिलाई सत्प्रतिशत मानेर निर्णय गरेको छ । जसअनुसार सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि ४०, संस्थागत विद्यालयबाट छात्रवृत्तिमा अध्ययन गरेकालाई ५, महानगरमा स्थायी बसोबास भएकालाई ९ र ल्यान्डफिल साइट प्रभावितक्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययनरत विद्यार्थीको लागि १ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

थप ४५ प्रतिशत छात्रवृत्तिमध्ये छात्रालाई ३३, खस आर्यलाई १७, आदिवासी÷जनजातिलाई १५, मधेसीलाई १२, दलितलाई ९, थारू र पिछडिएका क्षेत्रका व्यक्तिलाई गरी ४÷४, मुस्लिम र थारूलाई २÷२ र सहिद र बेपत्ता परिएका नागरिक र द्वन्द्वपीडित नागरिकका परिवारलाई २ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने भएको छ । पिछडिएको क्षेत्रका व्यक्तिका रूपमा अछाम, कालीकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थायी बसोबास गरिरहेका विद्यार्थीलाई मानिनेछ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।