सय किलोग्राम सुन तस्करी प्रकरण : संगठित अन्तर्राष्ट्रिय आपराधिक गिरोहको संलग्नता !

काठमाडौं, साउन ७। गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै संयन्त्र पार गरेर गन्तव्यतर्फलैजान लागेको करिब १ सय किलोग्राम सुन तस्करी प्रकरणमा संगठित अन्तर्राष्ट्रिय आपराधिक गिरोह नै संलग्न रहेको पछिल्लो घटनाक्रमले देखाएको छ ।

विमानस्थलमा रहेको भन्सार कार्यालयबाट बाहिरिएको उक्त सुन हङकङबाट नेपाल ल्याएर यहाँबाट भारत पठाउने गिरोहले नेपालका सबै निकायलाई सेटिङ गरेर भारत लैजाने क्रममा विमानस्थल बाहिरबाट समातिएपछि नेपालमा अवैध सुनको कारोबार गर्नेमाथि राजस्व अनुसन्धान विभागले अनुसन्धान शुरू गर्ने भएको छ ।

नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्लले यसपटक नेपालमा समातिएको सुनको लगानीकर्तामा चिनियाँ आपराधिक समूह,भारतीय आपराधिक समूह र बिचौलियाको भूमिकामा रहेका नेपालका केही सुन व्यापारीसमेत संलग्न रहेको आशंका व्यक्त गरे। उनले हङकङबाट नेपाली भूमि हुँदै भारत पठाउने गिरोहको संगठित समूह नै यसमा संलग्न रहेको देखिएको रलगानीको हिसाबले हेर्ने हो भने समातिएको सुनमा सबैभन्दाठुलो लगानी भारतीय समूहको रहेको विगतको अनुसन्धानले पनि पुष्टि गर्ने बताए ।

नेपालमा पनि प्रतिदिन ४० केजी सुनको माग भएपनिसरकारले भने प्रतिदिन २० केजी मात्रै आयात गर्ने अनुमति दिएकाले सुन तस्करहरूले खाडी मुलुकमा कामको खोजीमा गएका कामदारहरूलाई प्रयोग गरेर अवैध रूपमा सुन नेपाल ल्याउने र त्यसरी ल्याएको सुन बजारमा पठाउने गरेको पूर्व डीआइजी मल्लको भनाई छ । नेपालमा हरेक वर्ष ७ हजार ३ सय केजीभन्दा बढी सुन अबैध रूपमा भित्रने गरेको भएपनि सरकारले भने त्यसतर्फ ध्यान दिन नसक्दा राज्यले हरेक वर्ष करोडौं रुपियाँ राजस्व गुमाएको छ भने अवैध रूपमा सुन भित्र्याउने गिरोह मोटाउँदै गएको देखिन्छ ।

मुलुकको पुरानो र एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको सुरक्षा प्रबन्धका बारेमा समेत पटकपटक प्रश्न उठेपनि त्यसको सुधार गर्नेतर्फ राजनीतिक नेतृत्व उदासीन बन्दा संगठित रूपमा अपराध गर्ने गिरोहकालागि नेपाल स्वर्गजस्तै बन्दै गएको भुक्तभोगीहरू बताउँछन् । नेपाल समाचारपत्र दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।