गण्डक नहरमा सम्झौता अनुसार दिएन भारतले पानी

वीरगन्ज, साउन ९ । घडेरीले सताएको यो बर्ष भारतले झन गण्डक नहरमा सम्झौता अनुसार पानी नछोड्दा मध्य तराईको पर्सा, बारा र रौतहटका किसान प्रताडित भएका छन् । आकाशे पानी समेत नपरेको यो बर्षात्मा गण्डक नहरमा समेत भारतले सम्झौता अनुसार पानी नछोड्दा मध्य तराईका किसान प्रताडित भएका हुन् ।

सम्झौता अनुसार निर्धारित समयभन्दा दुई महिना ढिलो गरी भारतले बल्ल नहरमा पानी छोडे पनि त्यो साढे ४ सय क्यूसेक जति मात्र पानी आउने गरेको खुलेको छ । भारतसँगको सम्झौतामा उसले गण्डक नहरमा साढे ८ सय क्यूसेक पानी छोड्ने उल्लेख छ । तर उसले चालु सिजनमा जम्मा आधा जति मात्र पानी छोडेको गण्डक नरहेको नेपाल तर्फको जिम्मेवार निकाय नारायणी सिंचाई व्यवस्थापन कार्यालय वीरगन्जले जनाएको छ ।

बर्षात्को धानबालीका लागि बैशाख २७ गतेबाट कार्तिक ८ (मे १० तारेखदेखि अक्टुवर २५ सम्म) र गहूँ बालीको लागि पुस १० गतेबाट चैत ११ गतेसम्म गण्डक नहरको पानी छोड्ने भारतसँग सम्झौता भएको जनाइएको छ । तर पनि उसले असार १५ गते मात्र पानी छोड्ने गरेको नारायणी सिंचाइ व्यवस्थापन कार्यालयले नै जनाएको छ । यो बर्ष पनि गएको असार १५ गते नै भारतले पानी दिन थालेको नारायणी सिंचाई व्यवस्थापन कार्यालय वीरगन्जका इन्जिनियर तथा सूचना अधिकारी सुरेश प्रसाद साहले बताए । झण्डै ५० बर्ष पुरानो नहरको कारण आफ्नो तर्फ नहरको मर्मत कार्य गर्नु परेको भन्दै भारतले एक–डेड दशक अगाडीबाट ढिलो गरी अर्थात असार १५ मा मात्र पानी छोड्न थालेको उनको भनाइ छ ।

मध्य तराईमा अझै मुल फुट्ने गरी आकाशे पानी पनि नआएको यो बर्ष पर्सा, बारा र रौतहट तीन जिल्लाको साढे ३७ हजार हेक्टर जग्गा सिञ्चित गर्ने गण्डक नहरमा सोमबार ४ सय ६६ क्यूसेक मात्र पानी आइरहेको नारयाणी सिंचाई व्यवस्थापन कार्यालय वीरगन्जका ईन्जिनियर तथा सूचना अधिकारी साहले बताए । सोेमबारको रेकड अनुसार ४ सय ६६ क्यूसेक मात्र पानी छ उनले भने ।

खडेरीले सताएका पर्सा, बारा र रौतहटका किसान हरेक दिन जसो धान रोप्ने पानी नै नभएको भन्दै पानी माग्दै नारायणी सिंचाई व्यवस्थापन कार्यालय वीरगन्जमा पनि आउने गरेको त्यहाँका कर्मचारीले बताए । किसानको माग अन्यथा नभएको ती कर्मचारीको भनाइ छ । हप्तामा चार दिन बारा र रौतहट तथा तीन दिन पर्सामा पालो गरेर पानी वितरण गर्दा पनि किसानको माग अनुसार पानी पु¥याउन नसकिएको नारायणी सिंचाई व्यवस्थापन कार्यालयले जनाएको छ । गण्डक नहरबाट तीन जिल्लामा गरी ३७ हजार ४ सय हेक्टर जग्गा सिञ्चित गर्ने लक्ष्य नेपाल तर्फको छ । तर वर्षेनि कुनै न कुनै समस्या देखाउँदै भारतले सम्झौता अनुरुपको ८ सय ५० क्युसेक पानी छोड्ने गरेको छैन ।

विगतका बर्ष यो अवधिसम्म ७५ प्रतिशत बढि खेतमा धान रोपाईं सकिने गरेको मध्य तराईमा यो बर्ष बाराको ११ नम्बर व्लकसम्म मात्र पानी पु¥याउन सकिएको नारायणी सिंचाइका सूचना अधिकारी साहले राजधानीसँग बताए । अहिले तीनवटै जिल्लामा गरी ६० प्रतिशत जति मात्र धान रोपाई भएको स्थानीय कृषि ज्ञान केन्द्रहरुले जनाए । राजधानी दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।