पर्यटन विकासको परीक्षामा दिल्ली विश्वविद्यालयको प्रश्न

काठमाडौं, साउन ९ । यसै पनि त्रिभुवन विश्वविद्यालय अस्तव्यस्त नै छ। त्यसमाथि लापरबाही पनि लाजैमर्दो हुन थालेको छ।उदाहरणका लागि सोमबार त्रिविले सञ्चालन गरेको स्नातक तह चार वर्षे कार्यक्रम तेस्रो वर्षको पर्यटन विकास विषयको परीक्षामा दिइएको प्रश्नपत्रको छ।

सोमबार मानविकी संकायअन्तर्गतको वार्षिक प्रणालीबाट सञ्चालन भएको उक्त परीक्षामा परीक्षा नियन्त्रण कार्यालयले पर्यटन विकास विषयको प्रश्नपत्रको साटो दिल्ली विश्वविद्यालयको प्रश्नपत्र वितरण गर्दा विद्यार्थीहरू अलमलमा परेका थिए।

नेपालको पर्यटन विकासबारे अध्ययन गरेका विद्यार्थीलाई भरतीय इतिहासबारे सबै प्रश्न सोधिएको थियो। यसले त्रिविको हदैसम्मको लापारही गर्ने प्रवृति छरस्पष्ट भएको छ। परीक्षा एउटा विषयको अनि प्रश्न अर्कै विषयको सोधिँदा तीन घन्टाको परीक्षामा विद्यार्थीहरू परीक्षा हलमा ३० मिनेट अन्योलमा परेका थिए। ७० पूर्णाकको प्रश्नमा समूह ए मा ३० नम्बरको तीन प्रश्न र समूह बी मा ४० नम्बरको चारवटा प्रश्न सोधिएको थियो। सबै भारतीय इतिहासबारे थिए। जुन विद्यार्थीले अध्ययन गरेकै थिएनन्।

परीक्षा नियन्त्रण कार्यलयको यस्तो लापारबाहीप्रति विश्वविद्यालयकै प्राध्यापक तथा पदाधिकारीहरूले पनिकाको पदाधिकारीको कामप्रति प्रश्न उठाएका छन्। मानविकीका डिन राजकुमर पोखरेलले पर्यटन विकासमा नेपालको पर्यटनकै बारेमा पढाइने भएकोले विद्यार्थीलाई सोहि विषयसँग सम्बन्धित प्रश्न सोधिनुपर्नेमा भारतीय इतिहासको प्रश्न सोधिनुले पनिकाको गैरजिम्मेवारीपन छर्लङ भएको औंल्याए।

‘पर्यटन विकासको विषयमा भारतीय इतिहासको प्रश्नपत्र पनिकाले परीक्षा हलमा बाँड्नु भनेकै पनिकाले प्रश्नपत्र निर्माणमा खेलाँची गरिरहेको प्रष्ट हुन्छ,’ डिन पोखरेलले भने, ‘प्रश्नपत्र निर्माण गर्दा विषयविज्ञसँग छलफल हुनुपर्छ। प्रश्न ठिक भए नभएकोबारे जाँच गर्न मोडरेसन अनिवार्य गर्नुपर्ने त्रिवि नियममै छ। तर पर्यटन विकासको प्रश्नपत्रले पनिकाले मोडिरेसन नगरेको देखियो। यो ठूलो लापरबाही हो।’

परीक्षा नियन्त्रक पुष्पराज जोशी भने पनिकाले प्रश्नपत्रमा त्रुटि गरेको स्वीकार गरेका छन्। उनका अनुसार असार २८ गतेनै सम्पन्न भएको भारतीय इतिहास विषयको प्रश्नपत्र सोमबारको पर्यटन विकास विषयको परीक्षामा मानवीय त्रुटिबस केन्द्रमा पुग्न गएको हो। ‘नागरिक दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖