दश फार्मेसी सिल, दुई दर्जनलाई सचेतना

काठमाडौं, साउन ९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दश वटा फार्मेसी सिल गरेको छ भने दुइ दर्जन बढी फार्मेसीलाई सचेत गराएको छ । सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधी व्यवस्था बिभाग र स्वास्थ्य सेवा बिभाग सहितको टोलीले अनुगमनको क्रममा उक्त फार्मेसीहरु सिल गरेको हो । टोलीले सोही दिन १ सय १ वटा फार्मेसी अनुगमन गरेको छ । अनुगमनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोेहन बहादुर बस्नेत, औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको टोली ललितपुर क्षेत्रका फार्मेसी अनुगमन गरेको थियो ।

अनुगमन टोलीका संयोजकहरुका अनुसार अर्कै फर्मासिस्टको सर्टिपिकेट राखेर फार्मेसी चलाइरहेकोको पाइएको जनाएका छन् । त्यसैगरी विक्रि बितरण गर्ने अनुमती नै नल्याएर लागुऔषधजन्य तथा मानसिक रोगजन्य औषधी फार्मेसीबाट बिक्री बितरण गरेको, म्याद गुज्रिएको र नगुज्रिएको औषधी एकै ठाउँमा राखिएको,

दर्ता नै नभएका र सरसफाईमा ध्यान नदिएको जस्ता साझा समस्या देखिएको छ । अनुगमनमा संलग्न डा. हेमन्त ओझाले आफूहरुले निरिक्षणको क्रममा दर्ता नै नगरि फार्मेसी सञ्चालन गरिरहेको पाएपछि सिल गरेको बताए । गोकर्णेश्वरमा दर्ता नै नगरिएका औषधी पसल फेला परेपछि दुई वटा सिल नै गरिएको अर्का टोलीका संयोजक सागर दाहालले बताए ।

फार्मेसीहरुले फर्मासिस्टको प्रमाणपत्र भाडामा लिएर अर्कै व्यक्तिलाई कर्मचारी बनाएर फार्मेसी चलाईरहेको, औषधि व्यवस्था विभागले तोकेका मापदण्ड पुरा नगरेको र अनुमति नलिएर समेत फार्मेसी चलाइरहेको गुनासो आएपछि मन्त्रीबस्नेतले देश भरि नै फार्मेसीहरुको अनुगमनलाई व्यापकता दिन औषधि व्यवस्था विभागलाई निर्देशन दिएका थिए । नागरिक दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖