संयुक्त इजलासले टुंग्याउन सकेन कोशीको विवाद

काठमाडौं, साउन ९ । सर्वोच्च अदालतको संयुक्त (दुईजना न्यायाधीश सम्मिलित) इजलासले कोशी प्रदेश सरकारको मुद्दा जटिल कानुनी विषय भएको बताउँदै टुंगाउन नसक्दा पूर्ण (तीन वा त्यसभन्दा बढी न्यायाधीश सम्मिलित) इजलासमा पठाउने आदेश गरेको छ। न्यायाधीशहरू सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सो मुद्दा पूर्ण इजलासमा पेस गर्नेगरी सोमबार आदेश गरेको हो।

सर्वोच्चले कोशी प्रदेशको विवादलाई जटिल कानुनी विवाद भनेको छ। ‘विषयवस्तु हेर्दा जटिल कानुनी प्रश्न समावेश भएको देखिएको र त्यसको निराकरण पूर्ण इजलासबाट हुन उपयुक्त देखिएकाले २०८० साउन ९ मा पूर्ण इजलासमा पेस हुनेगरी तोकी नियमबमोजिम पेस गर्नू,’ सोमबार जारी आदेशमा भनिएको छ। मंगलबार (साउन ९) मै पूर्ण इजलास गठन भएर मुद्दाको सुनुवाइ हुनेछ।

नेकपा एमालेले दर्ता गरेको कोशी प्रदेश सरकार गठनविरुद्धको मुद्दा आइतबार ‘हेर्न नमिल्ने’मा परेको थियो। त्यसअघि असार २७ मा सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले गठन भइसकेको सरकारका विषयमा कुनै टिप्पणी नगरी त्यस दिन अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्च अदालतको अन्तरिम आदेशपछि कोशी सरकार भने अलमलमा परेको छ। उक्त सरकार सर्वोच्चको निर्णय पर्खेर बसेको छ। उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति गर्ने सन्दर्भका सबै निर्णय झिकाउने आदेशसमेत सर्वोच्चले गरेको थियो। नागरिक दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।