सीटीईभीटीको मनोमानी : निर्णय नसच्याए कारबाही गर्ने चिसिआको चेतावनी

काठमाडौं, साउन १० । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले आफूखसी चिकित्सा शिक्षाअन्तर्गत प्रमाणपत्र तहको सिट निर्धारण गरेपछि चिकित्सा शिक्षा आयोगले निर्णय नसच्याए कारबाही गर्ने चेतावनी दिएको छ । सीटीईभीटीले प्रमाणपत्र तहमा विद्यार्थी भर्ना तथा सिट निर्धारण गरेपछि आयोगले आपत्ति जनाएको हो ।

आयोगले सोमबार विज्ञप्ति जारी गरी सो निर्णय नसच्याए कारबाही गर्ने चेतावनी दिएको थियो । आयोगले आशयपत्र दिन गरेको निर्णयलाई अपव्याख्या गरी धमाधम सीटीईभीटीले सिट निर्धारण गरेपछि आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

आशयपत्र प्राप्त गरेका चिकित्सा शिक्षा पठनपाठन गर्ने संस्थाले सम्बन्धनको सिफारिसको लागि आयोगमा निवेदन दिनुपर्नेमा सीटीईभीटीले सिट निर्धारण गरी शुल्कसमेत तोकेपछि आयोगले कारबाही गर्ने जनाएको हो । आयोगका सदस्य सचिव कृष्णप्रसाद काप्रीले आयोगको नियमावलीविपरीत मनोमानी ढंगले सम्बन्धन दिएर सिट तोकेपछि समस्या बढेको जिकिर गर्दै भन्नुभयो–‘आशयपत्र दिएपछि आयोगले समिति गठन गर्ने र नियमावलीको नियम ८ मा समितिको सिफारिसमा आयोगले स्वीकृत गर्ने कानुनी व्यवस्था छ । सो व्यवस्थाविपरीत सम्बन्धन दिइएको छ ।’

सीटीईभीटीबाट राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को जवरजस्ती रूपमा अपव्याख्या गर्ने, आयोगको निर्देशन पालना गर्न नपर्ने भनी आयोगमा पत्राचार गर्ने जस्ता भए गरिएका काम कारबाहीप्रति आयोगले आपत्ति जनाएको हो ।

सीटीईभीटीले आयोगको निर्णयबिना नै चिकित्सा शिक्षा पठनपाठन गर्ने शिक्षण संस्थाहरूलाई सम्बन्धन दिने, विद्यार्थी भर्नाको लागि सिट संख्या निर्धारण गर्ने, प्रवेश परीक्षा, पठनपाठनसम्बन्धी विषयहरू आयोगको अधिकार क्षेत्रभित्र परेकोले त्यसको प्रतिकूल हुनेगरी निर्णय नगर्न सीटीईभीटीलाई चेतावनी दिएको छ । आयोग स्थापना भएपछि रोकिएका स्वास्थ्यसम्बन्धी प्रविणता प्रमाणपत्र तहको भर्ना सीटीईभीटीले खुलाएको थियो ।

सीटीईभीटीले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, यसअन्तर्गतको नियमावली र आयोगले प्रत्यायोजित गरेको निर्णयभन्दा बाहिर गएर सम्बन्धन, सिट निर्धारण र प्रवेश परीक्षाका लागि सूचना जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।