सय किलो सुन तस्करी प्रकरण : अर्थ मन्त्रालय र विभागले बुझेनन् भन्सारको संवेदनशीलता

काठमाडौं, साउन १० । त्रिभुवन विमानस्थलको भन्सार कार्यालय अन्यन्तै संवेदनशील निकायको रूपमा रहेको भए पनि सो निकाय डेढ महिनादेखि नेतृत्वविहीन राखिदा सुन तस्करी गर्ने गिरोहले सहज वातावरण पाएको देखिएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेल लामो समयदेखि विदामा बसेको अवस्थामा नै सय किलो सुन तस्करी भएको थियो । यसमा भन्सार विभाग र अर्थ मन्त्रालयले समेत भन्सार कार्यालयको संवेदनशीलतामाथि ध्यान दिन नसक्दा तस्करी गर्ने गिरोहलाई सहजता भएको स्रोतको दाबी छ ।

अर्थ मन्त्रालय, भन्सार विभाग र त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबीच नियमित समन्वय हुनपर्नेमा त्यस्तो पनि हुन नसकेको पाइएको छ ।’

२ महिनाको अवधिमा ब्रेक सुजस्ता सामानहरू २२ पटक भित्रिएको थियो । यस्तै, क्रममा साउन ३ गते भन्सारबाट बाहिरिने क्रममा तस्करीको १ सय किलो सुन बरामत भएको थियो । सो प्रकरणमा संलग्न मुख्य गिरोहको हालसम्म पहिचान हुन सकेको छैन । केही एजेन्ट र सुन भरियालाई मात्रै पक्राउ गरिएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको नेतृत अन्त्यतै चलायमान हुनपर्छ तर डेढ महिनासम्म सो कार्यालय नेतृत्वविहीन भएर निमित्तको भरमा सञ्चालन हुँदा पनि भन्सार विभाग र अर्थ मन्त्रालयको चासो नदिनुलाई शंकाको रूपमा हेर्न सकिने स्रोतको दाबी छ ।

अर्थ मन्त्रालयका अनुसार त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा यात्रु चेक र सामान चेक गर्ने गरी दुईवटा संरचनासहितको जनशक्ति रहेका छन् । जहाँ दुवै संरचनामा गरेर झण्डै १ सय ५० जना कर्मचारी रहेका छन् । स्रोतका अनुसार कार्यालयमा रहेका केही कर्मचारीलाई भन्सार एजेन्टहरूले प्रभावमा पार्ने गरेका छन् । भन्सार एजेन्टबाट प्रभावमा परेका कर्मचारी तथा भन्सार एजेन्ट आफैंले पनि माथिसम्म सेटिङ मिलाएर तस्करी गर्ने गरेका छन् । यस प्रकरणमा भन्सार कार्यालयमा धेरै समयसम्म बसेका कर्मचारीहरू र अन्यत्र गएर पटक पटक कार्यालयमा नै आएका कर्मचारीहरूको बढी मिलेमतो हुन सक्ने आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖