एमाले संसद्को स्वीकारोक्तिः ‘३३ किलो सुन कहाँ गयो थाहा भएन’

काठमाडौं, १० साउन । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले २०७४ साल माघ ९ विमानस्थलबाट भित्रिएको ३३ किलो सुन कहाँ गयो भन्ने आजसम्म थाहा नभएको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले उक्त प्रकरणमा तत्तकालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियतामा दोषी पक्राउ परेर जेलमा भएपनि आजसम्म सुन कहाँ गयो थाहा नभएको बताएका हु्न् ।

‘आज तस्करहरुका लागि नेपाल लुटको स्वर्ग भइरहेको छ । हामीलाई लागेको थियो २०७४ साल माघको ९ गते ३३ किलो सुन नेपालमा भित्रिएको थियो भित्रिएको सुन कहाँ गयो थाहा भएन,’– उनले भने ।

३३ किलो सुन प्रकरणका दोषीलाई ओली नेतृत्वको सरकारले पक्राउ गरेर कारबाहीको दायरामा ल्याएपछि कमी आएको सुन तस्करीमा पछिल्लो एक वर्षदेखि वृद्धि भइरहेको उनले बताए । उनले पछिल्लो एक वर्षदेखि विमानस्थलभित्रको सुरक्षा व्यवस्था अत्यन्त कमजोर बनाएर क्वीन्टल, क्वीन्टल सुन देशभित्र छिराउने काम भइरहेको आरोप लगाए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।