नेपालले एक वर्षमा बेच्यो साढे ३ अर्बको छुर्पी

काठमाडौं । नेपालले एक वर्षमा झण्डै साढे ३ अर्ब रुपैयाँ बराबरको छुर्पी निर्यात गरेको छ । आर्थिक वर्ष (आव) २०७९/८० मा नेपालले ३ अर्ब ४० करोड रुपैयाँ बराबरको छुर्पी निर्यात गरेको छ ।

भन्सार विभागको तथ्याङ्‍कअनुसार यो गत वर्षको तुलनामा २ अर्ब ५६ करोड रुपैयाँले बढी हो ।

चालु आवमा नेपालले १७ लाख ८६ हजार ११२ किलो छुर्पी नेपालबाट निर्यात गरेको छ । जसको कुल बिक्री मूल्य ३ खर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो वर्ष १७ लाख ४४ हजार ४५१ किलो छुर्पी निर्यात भएको थियो । जसको कुल निर्यात मूल्य २ अर्ब ९१ करोड १९ लाख ३९ हजार रुपैयाँ मात्रै थियो ।

विश्वका २६ मुलुकमा निर्यात

भन्सार विभागकाअनुसार नेपालबाट २६ वटा मुलुकमा छुर्पी निर्यात हुन्छ । नेपालको सबैभन्दा ठूलो छुर्पीको निर्यात भने अमेरिकामा हुन्छ । विभागकाअनुसार अमेरिकामा १५ लाख २६ हजार ४४३ किलो छुर्पी निर्यात भएको छ जसको कुल रकम २ अर्ब ९६ करोड ७६ लाख रुपैयाँ भन्दा धेरै छ ।

यस्तै क्यानडा नोपली छुर्पीको दोस्रो ठूलो बजार बनेको छ । नेपालले क्यानडामा २९ करोड ४२ लाख ३५ हजार मूल्यको १ लाख ४४ हजार५३२ किलो छुर्पी निर्यात भएको छ ।

यस्तै जापान, हङकङ, बेलायत, कोरिया, सिङ्‍गापुर, चीन, लगायतका मुलुकमा पनि नेपालले छुर्पी निर्यात गरेको छ । ती मुलुकमा कुकुरको आहाराको रुपमा छुर्पी जाने गरेको व्यवसायीहरुले बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।