वैदेशिक रोजगारीका लागि करिब ८ लाख विदेसिए

काठमाडौं, साउन ११ । गत आर्थिक वर्ष २०७९/८० मा ७ लाख ७१ हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा अहिलेसम्मकै सबैभन्दा बढी ७ लाख ७१ हजार ३ सय २७ जना श्रमिक श्रम स्वीकृति लिएर विदेश गएका छन्। यो नयाँ र पुनः श्रम स्वीकृति लिएर जानेहरूको संख्या हो।

वैदेशिक रोजगार विभागका प्रवक्ता गुरुदत्त सुवेदीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा कुल ६ लाख ३७ हजार १ सय ३३ जना श्रमिक विदेसिएका थिए। यस्तै गत आर्थिक वर्षमा १ लाख ३४ हजार २ सय १४ जना बढीले विदेशमा काम गर्न श्रम स्वीकृति लिएको पनि उनले बताए।

वैदेशिक रोजगारीका लागि गत आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी श्रमस्वीकृति कात्तिकमा लिइएको पाइएको छ। कात्तिकमा ७८ हजार ३ सय ७० जनाले श्रमस्वीकृति लिएका थिए भने सबैभन्दा कम वैशाखमा ५४ हजार ४ सय ५७ जनाले श्रमस्वीकृति लिए।

गत भदौमा ७६ हजार ४ सय ३ जना, साउनमा ६५ हजार ४ सय ६२ जना, असारमा ७१ हजार पाँच सय र मङ्सिरमा ६८ हजार ५ सय ६४ जनाले श्रम स्विकृति लिएका थिए।

पुसमा ६४ हजार ४ सय ६४ जनाले र माघमा ६४ हजार २ सय ८४ जनाले वैदेशिक रोजगार विभागबाट श्रमस्वीकृति लिएर विदेसिएका छन्। त्यसै गरी गत फागुुनमा ६१ हजार ८ सय ४५, चैतमा ६१ हजार ४ सय ७८, जेठमा ५९ हजार ४ सय २२ र असोजमा ५८ हजार १ सय ९२ जनाले श्रमस्वीकृति लिएर विदेश गएको विभागले जनाएको छ।

रोजगारीका निम्ति विदेसिने युवाको संख्या पहिलो पटक एक वर्षमै पाँच लाख नाघेको आर्थिक वर्ष २०७०र७१ बाट हो। कोभिड महामारीसम्म आइपुग्दा त्यो संख्या घट्दै गएको देखिन्छ।

वैदेशिक रोजगार बोर्डका अनुसार कोभिडको महामारीपछिको वर्ष वैदेशिक रोजगारीमा ६ लाखभन्दा धेरै गएर गत आर्थिक वर्षमा त्यो संख्या साढे सातभन्दा बढी नाघेको छ।

नेपालबाट जाने लगभग सबैजसो आप्रवासी कामदारहरूको आर्थिक रूपमा निकै उत्पादनशील उमेर समूह १८ देखि ४४ वर्ष रहने गरेको श्रम मन्त्रालयका सूचना अधिकारी कृष्णप्रसाद भूसालले बताए। पछिल्ला तीन वर्षमा आधा संख्या २५ देखि ३४ वर्ष उमेर समूहको छ। नागरिक दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।