औपचारिकतामा सीमित कांग्रेस बैठक

काठमाडौं, साउन ११ । सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले नयाँ परिस्थितिमा पार्टी र मुलुकलाई नवीन ढंगबाट अघि बढाउने निर्णय गर्ने अपेक्षा धेरैले गरेका थिए। तर केन्द्रीय कार्यालय सानेपामा एक साता चलेको बैठक मंसिरमा महासमिति बैठक गर्नेसहितका केही औपचारिक र परम्परागत निर्णय गर्दै सकिएको छ।

पार्टी विधानको व्यवस्थाअनुसार महाधिवेशनको वर्षबाहेक प्रत्येक वर्ष गर्नुपर्ने महासमिति बैठक मंसिर १३ देखि १५ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरिएको छ। पार्टीको १४औं महाधिवेशनबाट नेतृत्व मात्र चयन गरेको कांग्रेसले विधानको व्यवस्थाविपरीत नीति महाधिवेशन गर्ने जनाउँदै आएको थियो। महासमिति भेलालाई नै केन्द्रीय समिति बैठकले नीति महाधिवेशनका रूपमा आत्मसात् गर्ने निर्णय भएको छ।

पार्टी विधानको व्यवस्थाविपरीत एक वर्षपछि साउन २ गते सुरु भएको केन्द्रीय समिति बैठकले पार्टी संगठन सञ्चालनका लागि आन्तरिक र सार्वजनिक अभियान सञ्चालन गर्ने केही प्रस्ताव पारित गरेको छ। कांग्रेस बैठकले यही साउन २० देखि ३० गतेसम्म आन्तरिक अभियान चलाउने निर्णय गरेको छ। यसका लागि ७७ जिल्ला र ७५३ स्थानीय तहमा प्रतिनिधि खटिने छन्। त्यस्तै भदौ १० देखि २४ गतेसम्म ‘समुदायमा कांग्रेस’ नामक राष्ट्रव्यापी अभियान चलाउने निर्णय बैठकले गरेको छ। त्यसअन्तर्गत कांग्रेसले समुदायसम्म पुग्ने जनाएको छ।

गत मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनपछि बसेको कांग्रेस केन्द्रीय समिति बैठक चुनावसँगै उदाएका नयाँ राजनीतिक दलका विषयमा मौन बसेको छ। पार्टीका नेताकार्यकर्ता नयाँ राजनीतिक दलसँग जोडिने क्रम बढिरहेको धारणा बैठकमा सदस्यहरूले राखेका थिए। तर यस विषयमा कांग्रेसले ठोस प्रस्ताव र धारणा बाहिर ल्याएको छैन। पार्टी संगठनलाई चलायमान बनाउन केन्द्रीय कार्यालयतर्फबाट महामन्त्री गगनकुमार थापाले प्रस्ताव गरेको एक वर्षे कार्यक्रमलाई संशोधनसहित कार्यान्वयनमा लगिने भएको छ।

पार्टी विधानमा महाधिवेशन भएको ६ महिनाभित्र सबै निकायलाई पूर्णता दिइसक्नुपर्ने व्यवस्था छ। तर महाधिवेशन भएको डेढ वर्ष बित्दा पनि पार्टीका कुनै पनि निकाय र तहले पूर्णता पाएका छैनन्। केन्द्रीय समिति बैठकले पनि यस विषयमा ठोस निर्णय लिएन। नागरिक दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖