सियो पनि बन्दैन नेपालमा, यी पाँच देशबाट हुन्छ आयात

काठमाडौं । नेपालले पछिल्लो एक वर्षको अवधिमा दुई करोड ७१ लाख ९७ हजार रुपैयाँको कपडा सिलाउने सियो विभिन्न देशबाट आयात गरेको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा नेपालले उक्त रकम बराबरको सियो आयात गरेको हो ।

२०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको अवधिमा नेपालले उक्त रकममा ६ करोड ६४ लाख ४८ हजार ६१२ थान सियो आयात गरेको विभागले जनाएको छ ।

चीन, भारत, इन्डोनेसिया, दक्षिण कोरिया, ताइवान र अमेरिकाबाट नेपालले कपडा सिलाउने सियो आयात गर्ने गरेको छ ।

गत आर्थिक वर्षमा चीनबाट मात्र नेपालले दुई करोड ५२ लाख ४४ हजार रुपैयाँको सियो आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालले दुई करोड १५ लाख ९३ हजार रुपैयाँको सियो आयात गरेको थियो । उक्त रकममा तीन करोड ७३ हजार २३२ थान सियो नेपाल भित्रिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖