‘सुन काण्डमा महरा बाबुछोरालाई छानविन नगरेर सरकारले ऐतिहासिक काम गर्यो’:एमाले नेता प्याकुरेल

काठमाडौं, १४ साउन । नेकपा (एमाले) का नेता सुमन प्याकुरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले राष्ट्रघाती, जनविरोधी र मूल भ्रष्टाचारीलाई लुकाउने ऐतिहासिक काम गरेको टिप्पणी गरेका छन् ।

हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री प्रचण्डले माओवादी शिविर घोटलाको फाईल नखोलेको, भुटानी शरणार्थी प्रकरणको छानविनलाई बीचमै रोकेको, माओवादी नेता कृष्णबहादुर महरा र उनका छोराको नाम सुन प्रकरणमा पटक-पटक जोडिदा पनि छानविन नगरेको लगायतका आरोप लगाउँदै उनले प्रचण्ड नेतृत्वको सरकारले ऐतिहासिक रेकर्ड कायम गरेको बताएका हुन् ।

‘विद्रोही सेनाको फाईल खोल्नु भएन । भुटानी नेताले वयानमा भन्नु भएको छ, प्रचण्डजीले टोपबहादुरसँग कुरा गर्छु भन्नुभयो तर त्यसपछि छानविन गर्नुभएन । सुन काण्डमा महराजी र उहाँको छोराको नाम बारम्बार आएको छ, त्यो छानविन गर्नुभएन । यो ऐतिहासिक हो । भारत जानुभयो लिपुलेकको बारेमा प्रश्न उठाउनु भएन ।’ उनले थपे, ‘नागरिकता विधेयक हामीले ल्याउदा विरोध गर्नुभयो, हाम्रा छिमेकी राष्ट्र र अरु राष्ट्रहरुले विवाहिताको बारेमा के व्यवस्था गरेका छन् ? त्यही खाल्को व्यवस्था गरौंभन्दा त्यो गर्नुभएन । ऐतिहासिक दुई थरी हुन्छ, राष्ट्रघाती ऐतिहासिक, जनविरोधी ऐतिहासिक । मूल भ्रष्टाचारीलाई लुकाउने एतिहासिक । ऐतिहासिक रेकर्ड कायम गर्नुभएको छ, दुईमत छैन ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।