अभियान श्री अन्तराष्ट्रिय सम्मान द्वारा नारायण पुरी, सुनिल पाठक र नारायण श्रेष्ठलाइ सम्मानित गरिने

न्यूयोर्क: २०४० सालमा स्थापना भई २०८० सम्म निरन्तर क्रियाशील रहँदै आएको संस्था अभियानले यस बर्ष पनि गत सालझैं ग्लोबल नेपाली फिल्म अवार्ड-२०२३ को समारोह अमेरिकाको न्यूयोर्क शहरमा विभिन्न क्षेत्रमा बिसेष योगदान पुर्याएका तिन उच्च व्यक्तित्वलाइ अभियान श्री अन्तराष्ट्रिय सम्मान-२०२३ बाट सम्मानित गरिने संस्थाका अध्यक्ष कृष्ण मल्लले जानकारी गराउनुभएको छ।

यस बर्ष बरिष्ठ चलचित्र निर्देशक नारायण पुरी, बरिष्ठ समाजसेवी, ब्यवसायी, अमेरिकामा हुने हरेक नेपाली फिल्मी कार्यक्रम तथा चलचित्र क्षेत्रमा प्रत्यक्ष योगदान पुर्याउदैं आउनु भएका सुनिल पाठक र बरिष्ठ समाजसेवी नारयण श्रेष्ठलाइ अभियान श्री अन्तराष्ट्रिय सम्मान द्वारा सम्मानित गरिने भएको छ।

२०४१ सालमा नेपालको पहिलो नायिका भुवन चन्द देखि निरन्तर गायिका तारादेवी, गायक उदित नारायण झा, निर शाह, मदन कृष्ण, हरिबंश, शम्भुजित बास्कोटा, राजेश हमाल, करिश्मा मानन्धर देखि हिरण्य भोजपुरी र प्रकाश श्रेष्ठ लागयतका दर्जनौ बिशिष्ठ व्यक्तित्वहरुलाई सम्मान प्रदान गरिसकेको यस संस्थाले यस बर्ष ग्लोबल नेपाली फिल्म अवार्ड-२०२३ न्यूयोर्क अमेरिकाको समारोहमा निर्देशक नारायण पुरी, समाजसेवी सुनिल पाठक र समाजसेवी नारायण श्रेष्ठलाइ सम्मान गरिने अध्यक्ष मल्लले जानकारी गराउनु भएको छ।

यस संस्थाको प्रमुख उदेश्य भनेको कला संस्कृति र समाजका बिबिध क्षेत्रलाइ समेट्ने रहेको छ भने समाजमा सामाजिक उत्तरदायित्वलाइ बहन गर्ने उत्कृष्ठ व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने रहेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।