अधिवक्ता पाण्डेलाई तत्काल पक्राउ नगरे आन्दोलन गर्ने चेतावनी

काठमाडौँ– नेपाल तामाङ घेदुङले विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’लाई तत्काल पक्राउ नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै तामाङ घेदुङले पाण्डेको अभिव्यक्तिले नेपालको बहुजातीय, बहुधार्मिक र बहुसांस्कृति समाजको सांस्कृतिक सहिष्णुतामाथि खलल पुग्न गएको भन्दै तत्काल पक्राउ नगरे आन्दोलन गर्ने चेतावनी दिएको हो ।

पाण्डेको अभिव्यक्ति आफैमा गैरजिम्मेवारपूर्ण तथा शान्तिपूर्वक चलिरहेको सामाजिक मान्यता तथा सामाजिक सद्भावमा खलल पुराउने किसिमको रहेको घेदुङको भनाइ छ । पाण्डे विरुद्ध प्रहरीमा जाहेरी दरखास्त दिएकोमा अहिलेसम्म पक्राउ नगरिएकोमा मर्माहत तुलाएको भन्दै तत्काल पक्राउ नगरे आन्दोलन गर्ने नेपाल तामाङ घेदुङका महासचिव काजिमान थिङ तामाङले बताए ।

तामाङ घेदुङले भगवती पाण्डेको अभिव्यक्तिबाट सिर्जित घटनाक्रम नितान्त निज व्यक्ति र उसको अभिव्यक्तिसंग सम्बन्धीत भएकाले कुनै जाति, समुदाय, लिङ्ग र वर्ग लक्षित नभएको स्पष्ट पारेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।