प्रस्तावित राजदूतविरुद्ध उजुरी– एक प्याराग्राफ अंग्रेजी लेख्न सक्दैनन् !

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमाथि मंगलबार छलफल गरिएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकमा प्रस्तावित राजदूतविरुद्ध प्राप्त उजुरीबारे जानकारी गराइयो ।

नाम र मन्त्रालय नखुलाई कर्मचारीले इमेलमार्फत पठाएको उजुरीमा प्रस्तावित एक राजदूतले अंग्रेजी लेख्न नसक्नेलगायत आरोप लगाइएको छ ।

युनाइटेड अरब इमिरेन्ट्स (यूएई)का लागि प्रस्तावित राजदूत तेजबहादुर क्षेत्रीका विषयमा उजुरीकर्ताले यस्तो आरोप लगाएका हुन् । मन्त्रालयमा क्षेत्री ‘टीका लगाएर छिरेको र त्यसपछि कहीँ कतै पास नभएको’ उजुरीमा उल्लेख छ ।

“…टीका लगाएर मन्त्रालयमा छिरेका हुन् र त्यसपछि आजसम्म कहिले पनि पास भएका छैनन्,” उजुरीकर्ताले लेखेका छन्, “यिनले एक प्याराग्राफ पनि अंग्रेजी लेख्न सक्दैनन्, यिनलाई टेस्ट लिन सकिन्छ । यस्ता मान्छेले देशकै बेइज्जत गर्ने हुन् ।”

गएको असार २८ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट राजदूतका लागि उनीसहितको नाम सिफारिस गरिएको थियो । अहिले राजदूतका लागि सिफारिसमा परेका सबै परराष्ट्र मन्त्रालयका सहसचिव (करिअर डिप्लोम्याट) रहेका छन् ।

अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगमा लोकबहादुर थापा, यूएईका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल, थाइल्यान्डका लागि धनबहादुर ओली, फ्रान्सका लागि सुधीर भट्टराई र जेनेभास्थित स्थायी नियोगका लागि रामप्रसाद सुवेदीको नाम सिफारिस गरिएको छ ।

अर्को बैठकमा यी सबै प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ कार्य सकाउने समितिले निर्णय गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।