सुन तस्करी प्रकरणमा १८ जनाकै कल डिटेल्सका आधारमा दर्जनौं निगरानीमा

काठमाडौं । राजस्व अनुसन्धान विभागले अहिलेसम्मकै ठुलो मानिएको १ क्विन्टल (सय किलो) सुन तस्करी प्रकरणमा पक्राउ परेका मुख्य डिजाइनरमध्येका एक मानिएका चिनियाँ नागरिक दावा छिरिङमा मुख्य अनुसन्धान केन्द्रित गरेको छ । दावासहित हालसम्म पक्राउ परेका १८ जनाकै कल डिटेल्स लिने काम सम्पन्न भएको र सोही आधारमा दर्जनौं व्यक्तिहरूलाई निगरानीमा राखेर थप अनुसन्धान अघि बढाइएको विभाग स्रोतले जानकारी दिएको छ ।

दावाको कलडिटेल्सका आधारमा केही राजनीतिक नेतृत्वसमेत निगरानीमा परेको हुन सक्ने स्रोतको दाबी छ । सोही आधारमा केही राजनीतिक व्यक्तित्व तथा उच्च तहका व्यापारिक घरानासमेत तानिनसक्ने देखिएको छ ।

विभाग स्रोतका अनुसार सुन तस्करीको मुख्य डिजाइनर मानिएका दावासँग सामान्य केरकार र सोधपुछ भइरहेको छ । उनीसँग विस्तृत बयान लिने काम भने बाँकी रहेको र छिटै बयान लिइने विभागस्रोतले जानकारी दिएको छ ।

दावाले प्रयोग गरेका सबै मोबाइलको कल डिटेल्स लिने काम गरिएको र सो आधारमा अन्य संकास्पद व्यक्तिलाई निगरानीमा राखिएको छ । यस्तै, दावाले प्रयोग गर्दै आएका सबै इलेक्ट्रिक डिभाइसहरू प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ ।

विभागका अनुसार दावासहित पक्राउ परेका १८ जनाकै कलडिटेल्स लिने काम सम्पन्न भइसकेको छ । दावासहितका १८ जनासँग विभिन्न समयमा फोन सम्पर्क गर्ने दर्जनांै व्यक्तिहरू विभागको उच्च निगरानीमा परेका छन् ।

यसरी निगरानीमा पर्नेमा केही राजनीतिक व्यक्तिहरू र व्यापापारिक घरानाहरू रहेको विभाग स्रोतले जानकारी दिएको छ । ‘१८ जनाकै कलडिटेल्स प्राप्त भइसकेको छ त्यसका आधारमा उनीहरूसँग कुराकानी गर्ने र सम्पर्क बढाउने व्यक्तिहरूलाई निगरानीमा राखेर थप छानबिन अघि बढाइरहेका छौं,’ विभागका सूचना अधिकारी नवराज अधिकारीले भने । योे समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖