कृषि औजार कारखाना चलाउन म्यागासेसेसहितका मेडल लिलाम गर्दै महावीर पुन

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफ्ना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडल लिलामीमा राखेका छन् । वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि खर्च जुटाउन पुनले आफ्ना मेडल बिक्री गर्न लागेको बताइएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा आलोक सुवेदीले आविष्कार केन्द्रका अध्यक्ष पुनको अनुरोधमा उनका पाँच मेडल लिलामका लागि राखिएको बताएका छन् ।

लिलामीबाट प्राप्त हुने सम्पुर्ण रकम राष्ट्रिय आविष्कार केन्द्रलाई जानेछ र सो रकमलाई वीरगञ्ज कृषि औजार कारखानाको लागि प्रयोग गरिने उनले फेसबुक पोस्टमा लेखेका छन् ।

नेपाल सरकारले कृषि औजार कारखानाको मर्मतसम्भार र मेसिनरी औजार थप्न पहिलोपटक अनुदान दिने भनेर अहिले आएर ऋण दिने भनेको उनले लेखेका छन् ।

सोही पोस्टमा प्रतिक्रिया दिँदै पुनले अहिले आफ्ना मेडललाई जति पैसा आए पनि नबेची नहुने भनेर लेखेका छन् । “तीन वर्ष पहिला पनि बेच्न खोजेको हो । तर त्यतिबेला कोरोनाले गर्दा कोही ग्राहक आएनन् । मूल्य त्यति हुनुपर्छ भन्ने छैन,” पुनले लेखेका छन् ।

पुनले प्राप्त गरेको द रामोन म्यागासेसे पुरस्कारको सुरुआती लिलाम मूल्य १० हजार अमेरिकी डलर तोकिएको छ । यस्तै, डा. हर्क गुरुङ पर्वतारोहण पुरस्कारको मूल्य पाँच हजार अमेरिकी डलर तोकिएको छ ।
इन्टरनेट हल अफ फेम २०१४ को सुरुआती मूल्य सात हजार ५०० अमेरिकी डलर तोकिएको छ । यस्तै, राष्ट्रदीप पदकको मूल्य दुई हजार ५०० अमेरिकी डलर र युनिभर्सिटी अफ नेब्रास्का अनर ग्राज्युएड अवार्डको मूल्य पाँच हजार अमेरिकी डलर तोकिएको छ ।

बोली लगाउन आफूलाई म्यासेज गर्न र हेर्नका लागि केही दिनमा यी मेडल राष्ट्रिय आविष्कार केन्द्रमा राखिने फेसबुक पोस्टमा लेखिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।