कान्तिबाल अस्पतालमा विजोग : उपियाँ र उडुसको टोकाइसँगै सुत्केरी भुइँमा

काठमाडौं । महाराजगन्जस्थित कान्तिबाल अस्पतालमा नवजात शिशु सघन उपचार कक्ष (एनआइसियू) को कुरुवा घरमा उडुस, उपियाँले गर्दा बस्न सक्ने अवस्था छैन । एक महिनाभन्दा कम उमेरका नवजात शिशुलाई एनआइसियूमा राखेर उपचार गरिन्छ । उनीहरूका आमालाई एनआइसियू कुरुवाघरमा राखिन्छ ।

त्यहाँ ३० वटा छुट्टै शय्याको व्यवस्था गरिएको छ । एनआइसियू कुरुवा बस्ने बेडमा नवजात शिशुका आमालाई बस्न सकस हुन्छ । एकछिन बस्दा उपियाँ र उडुसले टोकेर खपिसक्नु हुँदैन । त्यसैले त्यहाँ बस्ने सुत्केरी भुइँमा बिस्तारा लगाएर सुत्ने गरेका छन् ।

कुरुवा युवराज सापकोटा सुत्केरी महिला राख्ने शय्याभन्दा बाहिर बस्न थालेको एक साता भयो । भुइँमा समेत बस्न उहाँलाई कठिन छ । त्यहाँ बस्ने सबै ३० दिनभन्दा मुनिका सुत्केरी हुन् ।

उनीहरूलाई उडुस, उपियाँले टोकेर दुःख दिने गर्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोली बिहीबार कान्ति बाल अस्पताल पुग्दा एनआइसियू्को कुरुवाघरमा रहेका अधिकांश महिलाको गुनासो थियो, “यहाँ बस्न र बाथरुम जान साह्रै मुस्किल रहेको छ ।” एकातिर उपियाँ उडुसले टोकेर हैरान गर्छ । अर्कोतिर बाथरुममा गयो, बस्न सक्ने अवस्था हुँदैन ।

यस विषयमा कान्ति बाल अस्पतालका निर्देशक डा। युवानिधि बसौलासँग बुझ्दा अस्पतालमा उपियाँ, उडुस परेको स्विकारे । “दुई साताअघि मात्र उपियाँ, उडुस हटाउनका लागि औषधीको प्रयोग गरिएको थियो,” उनले भने, “जति गरे पनि उपियाँ, उडुस हटाउन सकिएन ।”

अस्पतालको एनआइसियूमा मात्र होइन ओपिडीमा समेत उपियाँ, उडुसले सताउने गरेको बताउँदै उहाँले एनआइसियू कुरुवा घर (तीस दिनभन्दा कम उमेरका) सुत्केरी बस्ने शय्या र ओपिडीमा उपियाँ र उडुसले दुःख दिएको जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।