धनकुटामा प्रतिबन्धित लागुऔषध सहित ६ जना पक्राउ
बिराटनगर, साउन १९ । धनकुटामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार धनकुटाको धनकुटा नगरपालिका-१ हिले स्थितमा प्रहरी चौकी हिले र ईलाका प्रहरी कार्यालय पाख्रीबासबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा २ ग्राम ५ सय ६० मिलिग्राम ब्राउन सुगर सहित स्थानीय ३१ बर्षीय राजेश तामाङ, २९ बर्षीय बिनोद घिमिरे, २५ बर्षीय फुर्वा तामाङ, २६ बर्षीय पदम न्यौपाने, २७ बर्षीय युवराज बि.क. र पाख्रीबास-३ का २५ बर्षीय सरोज तामाङलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।


